Logo

अर्थ

नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा ज्ञानेन्द्रप्रसाद ढुंगाना नियुक्त



काठमाडौं । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा ज्ञानेन्द्रप्रसाद ढुंगाना नियुक्त भएका छन्। ढुंगाना आउँदो असार १७ लागू हुने गरी सीईओमा नियुक्त भएका हुन् ।

गत शनिबार सम्पन्न विशेष साधारणसभाले अनुमोदन गरेको अन्तिम सम्झौतापत्रमा नेपाल बंगलादेश बैंक प्राप्तिपछि नबिल बैंकको सीईओमा ढुंगानालाई नियुक्त गर्ने निर्णय गरिएको हो ।

नबिल बैंकका सीईओ अनिल केशरी शाहको कार्यकाल केही दिनभित्रै सकिँदैछ। त्यसैले बैंकले सीईओमा ढुंगानालाई नियुक्त गर्ने निर्णय गरेको हो ।

ढुंगाना गत पुसमा नेपाल बंगलादेश बैंकको सीईओबाट अवकाश भएका हुन् । उनीसँग तीन दशक बैंकिङ क्षेत्रमा कार्य गरेको अनुभव रहेको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलवार १५:०८   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।