Logo

अर्थ

वैशाखदेखि रिक्त राष्ट्र बैंकका दुई सञ्चालकमा शिवाकोटी र आचार्य नियुक्त



काठमाडौँ । सरकारले नेपाल राष्ट्र बैंकको सञ्चालकमा डा. शंकरप्रसाद आचार्य र चिन्तामणि शिवाकोटीलाई नियुक्त गरेको छ । गएको मन्त्रिपरिषद्को बैैठकले आचार्य र शिवाकोटीलाई सञ्चालकमा नियुक्त गरेको हो ।

शिवाकोटी राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर हुन् भने आचार्य राष्ट्र बैंककै पूर्वकार्यकारी निर्देशक हुन् । राष्ट्र बैंक सञ्चालक सदस्य डा. श्रीराम पौडेल र रामजी रेग्मीको पदावधि सकिएपछि गएको वैशाखदेखि दुई सञ्चालक पद रिक्त थियो ।

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार १०:५९   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।