Logo

काठमाडौं उपत्यकामा कति संक्रमित थपिए ?



काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५७० कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४१३, भक्तपुरमा ३६ र ललितपुरमा १२१ जना संक्रमित थपिएका हुन् ।

यस्तै देशभर पछिल्लो २४ घण्टामा थप २६०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ७ हजार ७११ पीसीआर परीक्षणबाट १ हजार ७६८ र ४ हजार ७७३ एन्टिजेन परीक्षणबाट ८३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै गत २४ घण्टामा ३९ जना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार ५ सय ९७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार १४१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : असार ३, २०७८ बिहीबार  ५ : ३४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।