काठमाडौँ । पेट्रोलियम पदार्थमा गरिएको भारी मूल्यवृद्धि फिर्ता लिन माग गर्दै युवाहरुले नेपाल आयाल निगमलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । सत्ता गठबन्धननिकट विद्यार्थी संगठबनहरुले आज (बुधबार) नै निगम घेराउ गरेका बेला स्वतन्त्र युवाहरुले पनि मूल्यवृद्धि फिर्ताको माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
मूल्यवृद्धिले आमनेपालीको दैनिकी कष्टकर बन्दै गएको भन्दै यसलाई अविलम्ब फिर्ता लिएर जनताको गाँस, वास र कपासलाई सुनिश्चित गर्न ध्यानाकर्षण पत्रमा भनिएको छ । युवाहरु सोम शर्मा, सिर्जना वाग्ले, विप्लव खड्का, पुस्पा तामाङ, उषा किरातलगायतले माग अविलम्ब सुनुवाइ नभए सशक्त आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।
ज्ञापनपत्र बुझाउनुअघि निगमको कार्यालय पुगेका युवाहरुले ‘पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर !, नालायक सरकार मुर्दावाद !’ लेखिएको प्लेकार्ड प्रदर्शन गरेका थिए । स्थानीय तह चुनाव सकिएलगत्तै एकै हप्तामा दुई पटक इन्धनको मूल्यवृद्धि गरेपछि फिर्ता लिन चौतर्फी दबाबमा सरकार परेको छ ।






















प्रतिक्रिया