काठमाडौँ । आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट भाषण अगाडि सेयर बजार परिसूचक नेप्से लगातार उकालो लागेको छ । सरकारले आगामी आर्थिक वर्ष सेयर बजारमा लचिलो नीति लिने संकेत नीति तथा कार्यक्रमले गरेको छ ।
सोही अनुसार बजेट आउनु अगाडि बजार बढिरहेको छ । बिहीबार बजार ८.०३ अंकले बढेर २२३९.६० बिन्दुमा पुगेको छ । यस दिन उपसमूहहरुमा मिश्रित परिणाम देखिएको छ ।
बैंकिङ, व्यापार, निर्जीवन बीमा, उत्पादन र प्रशोधन, लघुवित्त, जीवन बीमा, म्यूचअल फण्ड र लगानी उपसमूह हरियो रह्यो । अन्य उपसमूह भने राताम्य भयो ।
बिहीबार २२२ कम्पनीको १८ हजार ८०८ वटा कारोबारबाट २३ लाख २४ हजार ६६५ कित्ता सेयर किनबेच भएको छ । बिहीबार कारोबार रकम भने मात्र ८८ करोड ९८ लाख ३४ हजार ९०९ रुपैयाँको मात्र भएको छ ।





















प्रतिक्रिया