Logo

छिमेकीबिच कुटपिट हुँदा १ जनाको मृत्यु   



रुपन्देही : कोटहीमाई गाउँपालिका(२ कालवारीमा बच्चाले झगडा गरेको बिषयलाई लिएर छिमेकीबिच कुटपिट हुँदा सोही ठाउँ बस्ने ६५ वर्षीय साधु यादवको बिहीबार राति मृत्यु भएको छ । 

छिमेकीबीच कुटपिट हुँदा ८ जना घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरीले घाइतेलाई उपचारका लागि भिम अस्पताल भैरहवा पठाएकोमा  साधुको उपचारको क्रममा मृत्यु भएको हो । कुटपिटमा घाइते भएका अन्य ७ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये ५ जनाको अवस्था मध्यम रहेको छ भने २ जनाको सामान्य रहको छ । 

कुटपिटमा संलग्न ३ जनालाई नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार १५:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।