काठमाडौँ । पेट्रोलियम पर्दार्थमा गरिएको भारी मूल्यवृविरुद्ध स्वतन्त्र युवाहरुले बालुवाटारमा प्रदर्शन गरेका छ । आमजनताको ढाड सेक्नगरी सरकारले मूल्यृवृद्धि गरेको भन्दै निरन्तर खबरदारी गर्दै आएका स्वतन्त्र युवाहरुले आज (शुक्रबार) बालुवाटारमा विरोध प्रदर्शन गरिरहेका छन् ।
उनीहरुले अहिले ‘नालायक सरकार, मुर्दावाद !’ भन्दै सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् । युवाहरुले बिहीबार नेपाल आयाल निगमको कार्यालयमै पुगेर मूल्यवृद्धि फिर्ता लिन ध्यानाकर्षण पत्र बुझाएका थिए ।
स्थानीय चुनाव लगत्तै सरकारले पेट्रोलियम पदार्थमा दुई पटक १०/१० रुपैयाँ र खाना पकाउने एलपी ग्याँसमा एकैपटक २०० रुपैयाँ वृद्धि गरेपद्धि यसको चौतर्फी विरोध भइरहेको छ ।




























प्रतिक्रिया