Logo

२६ वर्षीया महिला बेपत्ता



महोत्तरीको लोहारपट्टि नगरपालिका–७ भ्रमरपुरा गाउँबाट एक महिला विगत १७ दिनदेखि बेपत्ता छन् । स्थानीयवासी मुकेश ठाकुरकी पत्नी २६ वर्षीया सुजिता ठाकुर गत जेठ २० गते रातिदेखि नै घरबाट गायब रहेकी छन् भने माइती पक्षले उनको हत्या भएको आरोप लगाएको छ ।

 जिल्लाकै पिपरा गाउँपालिका-६ रतौली माइती रहेको सुजिताकी आमा सुनिता पाण्डेय र दाजु जितेन्द्रले सुजिताको हत्या गरेको आरोप लगाएका छन् । जितेन्द्रले बहिनीका देवर रुपेशले आफूलाई फोनमा बहिनीलाई मारेको स्वीकार गरेको र मारेर उनलाई भ्रमरपुरा गाउँको मनरहिया वनमा खाल्डो खनी गाडेको आरोप लगाए ।

प्रहरी उपरीक्षक दिनेश आचार्यले महिला हराएको जानकारी शुक्रबार मात्रै पाएको बताए। उनले महिला हराएको जानकारी पाउनासाथ अनौपचारिक रुपमा खोजतलासको प्रक्रिया अगाडि बढाइएको र केही मानिसलाई ल्याएर सोधपुछ पनि गरेको जानकारी दिए । 

प्रकाशित मिति : ५ असार २०७८, शनिबार १४:०७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।