Logo

चलचित्र ‘सीता’ मा करीनाले गरेको अभिनयबाट नेपाली राष्ट्रिय विभूतिको अपमान भएको भन्दै आपत्ति



नेपाली राष्ट्रिय विभूति एवं राजा जनककी छोरी सीतासँग जोडिएर भारतकी एक चर्चित अभिनेत्री विवादमा तानिएकी छिन् । आगामी फिल्म ‘सीता’ लाई लिएर भारतमा एक मुस्लिम अभिनेत्रीको चर्को विरोध भइरहेको हो । उक्त चलचित्र अहिलेसम्म प्रदर्शनमा आएको छैन, तर पनि यसको विरोध सुरु भएको छ ।

चलचित्रमा अभिनेत्री करीना कपूर खानको भुमिकाका बारेमा सुरु भएको विवाद राकिने भन्दा पनि बढ्न थालेको हो । यो विवाद, सामाजिक सञ्जालबाट सुरु भएर ज्ञापनपत्रसम्म पुगेको छ ।

नागपुरमा बजरङ्ग दलका कार्यकर्ताहरूले जिल्ला अधिकारीलाई करीनाविरुद्ध ज्ञापन पत्र बुझाएर चेतावनी दिएका छन् । यदि यो फिल्म प्रदर्शन भएमा यसको कडा प्रतिकार हुनेछ ।

उनीहरुले ज्ञापनपत्रसँगै, करीना कपूरको बिकिनी र उनको अजमेर दरगाह भ्रमणको फोटो पनि समावेश गरेका छन् । उक्त दलका एक कार्यकर्ताले सञ्चारकर्मीहरुसँगको कुराकानीमा भने, ‘हिन्दू समाजमाथि बारम्बार बलिउड फिल्महरू बनिरहेका छन् । यसमा ‘ताण्डव’ बनेको थियो, जसमा करीना कपूरका पति (सैफ अली खान) थिए ।

यदि यो फिल्म बनेको छ भने यसको कडा विरोध हुनेछ । आज हामीले यो ज्ञापनपत्र जिल्ला अधिकारी समक्ष पेश गरेका छौं ।’

हालसालै यस्तो समाचार आएको थियो कि निर्देशक आलोक देसाईले आफ्नो फिल्म ‘सीता’ मा मुख्य भूमिकाका लागि अभिनेत्री करीना कपूरलाई सम्पर्क गरेका छन् ।

उनले यस भूमिकाका लागि शुल्कका रूपमा भारु १२ करोड मागेकी थिइन् । यद्यपि यो आधिकारिक रूपमा पुष्टि भएको छैन । तर करीनाको विरोध सामाजिक सञ्जालमा शुरू भयो ।

धेरै मानिसहरू विश्वास गर्छन् कि यदि करीनाले सीतामा भूमिका खेल्छन् भने यो हिन्दू धर्म र माता सीताको अपमान हुनेछ । हालसालै, ३ बोयकोट कारीना खान ट्रेन्ड सामाजिक सञ्जालमा पनि चलाइएको थियो । – एजेन्सी

प्रकाशित मिति : ५ असार २०७८, शनिबार १४:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।