Logo

फेरि लकडाउन थप गर्नेबारे के छ प्रशासनको तयारी ? 



काठमाडौं उपत्यकामा फेरि एक सातादेखि १० दिनसम्म निषेधाज्ञा थप्ने तयारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार उपत्यकाभित्र जारी निषेधाज्ञामा केहि परिर्वतन गरि  निरन्तरता दिइने भएको छ ।

कोरोना महामारीको जोखिम अmझ कम भइ नसकेकोले लकडाउन थप गरिने भए पनि कति दिन थप गर्ने भन्ने विषयमा भने आइतबार बस्ने उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकमा निर्धारण गरिने प्रजिअ पराजुलीले अनलाइनपानालाई जानकारी दिएका छन् । 

अब थप गरिने निषेधाज्ञालाई कसरी व्यवस्थित गरिने भन्नेतर्फ प्रशासनको ध्यान केन्द्रित भएको उनले बताए । 

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले असार ७ गतेपछि जारी निषेधाज्ञाको स्वरुप परिवर्तन गर्ने निर्णय गरिसकेको छ । प्रजिअ पराजुलीका अनुसार अब समय तोकेर सबै किसिमका पसलहरु खोल्न दिने कि भन्नेबारे छलफल भइरहेको बताए ।

अहिले खाद्यान्न पसल, डिपार्टमेन्टल स्टोर, पुस्तक, ग्यास पसल, तरकारी पसलहरुलाई प्राथमिकतामा राखेर बिहान ११ बजेसम्म खोल्न दिइएको छ । अब भने अरु क्षेत्रमा पनि निषेधाज्ञा खुकुलो बनाउने तयारी छ । काठमाडौं उपत्यकामा पछिल्लोपटक जारी निषेधाज्ञा ७ गते राति १२ बजे सकिँदै छ । 

उपत्यकामा कोरोना महामारीको दोस्रो लहर नियन्त्रणका लागि वैशाख १६ गतेखि सुरु गरेको थियो । 

प्रकाशित मिति : ५ असार २०७८, शनिबार १८:२५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।