जारी युरोकप फुटबल अन्तर्गत अहिले फ्रान्स र हंगेरीबीच प्रतिस्पर्धा भईरहेको छ ।
हंगेरीको पुस्कास एरिनामा जारी खेलको पहिलो हाफ सकिदा फ्रान्सविरुद्ध हंगेरीले १ – ० गोलको अग्रता बनाएको छ ।
पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा एटीला फिओलाले गोल गर्दै हंगेरीलाई अग्रता दिलाएका हुन् ।
रोलान्ड सालियाको पासमा उनले उत्कृष्ट गोल गरेका हुन् ।
पहिलो हाफमा फ्रान्सले बल पोसेसनमा पकड जमाएको थियो । तर, फ्रान्सले गोल भने निकाल्न सकेन ।
फ्रान्सविरुद्ध मैदान उत्रदा हंगेरी पहिलो जित निकाल्न चाहन्छ । पहिलो खेलमा हंगेरी पोर्चुगलसँग ३ – ० ले पराजित भएको थियो ।
प्रतिक्रिया