सवारी चालक अनुमतिपत्रकुनै सवारी साधन चलाउन अनुमति दिइएको प्रमाणपत्र हो । नेपालमा यसलाई बोलीचालीको भाषामा ’लाइसेन्स’ मात्र पनि भनिन्छ । तर वास्तवमा अनुमतिपत्र भन्नाले कुनै उद्योग, कम्पनी वा संस्था सञ्चालन गर्न वा कुनै पेशा, व्यवसाय वा उद्यम गर्न वा कानुनद्वारा तोकिएको अन्य कार्य गर्न संबन्धित निकायबाट कानुनी प्रक्रिया सम्पन्न गरेर अनुमति लिइएको प्रमाणपत्र हो । नेपालमा हाल यातायात व्यवस्था विभागद्वारा सवारी चालक अनुमतिपत्र दिइने व्यवस्था छ। यस अघि यो जिम्मेवारी नेपाल प्रहरीसँग थियो ।
केही विषयगत प्रश्न र उत्तर यसप्रकार रहेका छन् ।
नोटः हामीले सही जवाफलाई बोल्ड गरेका छौँ ।
प्रश्नहरू
१. जेब्राक्रसिङ के का लागि प्रयोग गरिन्छ ?
क)उभिन
ख)पैदल यात्रीले बाटो काट्न
ग)गाडी रोक्न
घ)गाडी कुदाउन
२.बढी उकालोमा सवारी चलाउँदा कुन गियरमा चलाउनुपर्छ ?
क)४ गियरमा
ख)२ गियरमा
ग)१ गियरमा
घ)३ गियरमा
३. ओभरटेक गर्दा कुन दिशाबाट गर्नुपर्छ ?
क) बायाँ साइडबाट
ख) दायाँ साइडबाट
ग) दुबै साइडबाट
घ)माथिका सबै
४.निम्नमध्ये सवारीचालकको कर्तव्य के हो ?
क) हिफाजतसाथ गाडी कुदाउने
ख) ट्राफिक नियमको पालना गर्ने
ग)निषेधित कार्य नगर्ने
घ)माथिका सबै
५.गुडिरहेको मोटरसाइकललाई एकैपटक रोक्नुपर्यो भने के गर्नुपर्छ ?
क) दुबै ब्रेकलाई एकैपटक थिच्ने
ख)पछाडिको ब्रेक बेस्सरी थिच्ने
ग)इन्जिन अफ गर्ने
घ) गियर डाउन गर्ने
६.मोटरसाइकल दर्ता गर्ने निकाय कुन हो ?
क)यातायात व्यवस्था विभाग
ख) जिल्ला प्रशासन कार्यलय
ग) यातायात व्यवस्था कार्यलय
घ) भौतिक पूर्वाधार मन्त्रालय
७. इम्बोस्ड नम्बर प्लेट बिग्रेमा के गर्नुपर्छ ?
क) ग्यारेज गएर बदल्ने
ख)बिग्रेको मर्मत गरी आफैँ फेर्ने
ग) यातायात कार्यलयमा निवेदन दिने
घ)माथिका सबै
८.इम्बोस्ड नम्बर प्लेट भनेको के हो ?
क) प्लेटमा इनामेलले लेखेको
ख) प्लेटमा खाल्डो बनाएर लेखेको
ग)प्लेटलाई उठाएर अक्षर र अङ्क लेखेको
घ) माथिका कुनै पनि होइनन्
९.रातको समयमा गाडी पार्क गर्दा बालिने लाइन कुन हो ?
क)हेड लाइट
ख) साइड लाइट
ग) पार्किङ लाइट
घ) इमजेन्सी लाइट
१०. सवारी चालक अनुमतिपत्र लिन कस्तो फारम भर्नुपर्छ ?
क)हस्तलिखित फारम
ख) अनलाइन फारम
ग)क र ख दुवै
घ) निश्चित नियम छैन
११.निम्नमध्ये सवारी चालकको कर्तव्य कुन हो ?
क)भाडा उठाउने
ख)सरसफाइ गर्ने
ग)गाडीको कन्डिसन हेरेर कुदाउने
घ) कुनै पनि होइनन्
१२.ड्राइभिङ सेन्टरको काम तलका मध्ये कुन हो ?
क) फारम भर्दिने
ख) फारम भर्न सिकाउने
ग) ट्रायलको दिन सिकाउने
घ) सवारी चलाउन सिकाउने
१३. कुन अवस्थामा सवारी चलाउनु हुँदैन ?
क) माद्यक पर्दार्थ सेवन गरी
ख) रङ छुट्याउन नसक्ने अवस्थामा
ग) क र ख दुबै
घ) कुनै पनि होइनन्
१४. सडक पार गर्दा कसलाई प्राथमिकता दिनुपर्छ ?
क) विद्यार्थी
ख) बूढाबूढी
ग) असक्त र अपाङ्ग
घ) माथिका सबै
१५. ओभरटेक गर्न अगाडिको सवारीलाई कसरी सङ्केत दिनुपर्छ ?
क) हेडलाइट बालेर
ख)साइडलाइट बालेर
ग) हर्न बजाएर
घ) माथिका सबै





















प्रतिक्रिया