Logo

कर्पोरेट फोकस

आज सोमबार सुन चाँदीको भाउ स्थिर



 आज सोमबार सुन चाँदीको भाउ स्थिर रहेको छ । आइतबार ९६ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउमा आज कुनै परिवर्तन भएको छैन ।

तेजावी सुनको भाउमा पनि आइतबारको तुलनामा आज कुनै परिवर्तन नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन आज तोलाको ९५ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

त्यस्तै चाँदीको भाउ पनि आज कुनै परिवर्तन भएको छैन । आज चाँदी प्रति तोला एक हजार ३२० रुपैयाँमा कारोबार भैरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८२ हजार ३९० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८१ हजार ९६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार १३१ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

प्रकाशित मिति : भाद्र २२, २०७७ सोमबार  ८ : ५९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।