काठमाडौँ । उदयपुरको त्रियुगा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका वसन्त बस्नेत विजयी भएका छन्। बस्नेतले १३ हजार ९ सय ५९ मत पाए। उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका भागवत राउले ११८७३ मत पाए।
यस्तै पूर्वमेयरसमेत रहेका एकीकृत समाजवादीका बलदेब चौधरीले ९१४७ मत पाएका छन्। यस्तै उपप्रमुखमा भने एमालेकी महेश्वरी राई निर्वाचित भइन्। उनले नेपाली काङ्ग्रेसकी सरिता राईलाई हराइन्। महेश्वरीले १३ हजार ७०३ मत पाउँदा कांग्रेसकी सरिताले ११ हजार ९८१ मत पाइन्।
यस्तै नेकपा माओवादी केन्द्रकी गिता खड्का कार्कीले ६५६८ मत पाइन्। त्रियुगाका १६ वडामध्ये नेपाली कांग्रेसले ९, नेकपा एमालेले ४ र ३ वडा माओवादी केन्द्रले जित्यो।




















प्रतिक्रिया