Logo

दुध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने गाडीमा प्रतिक चिन्ह प्रयोग गर्न आह्वान



काठमाडौं । नेपाल डेरी एसोसिएसनले दुध तथा दुग्ध पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने प्रतीक चिन्ह प्रयोग गर्न आह्वान गरेको छ । अध्यक्ष राधाकृष्ण सापकोटा र महासचिव प्रल्हाद दाहालले विज्ञप्ति जारी गर्दै प्रतीक चिन्ह प्रयोगका लागि सबै व्यवसायीलाई आग्रह गरेका हुन् ।

दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनमा प्रतीक चिन्ह ९लोगो० प्रयोग गर्ने सम्वन्धी कार्यबिधि, २०७७ पास भएपछि गत २०७७ साल चैत्र १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरेका थिए ।

त्यसपछि सूचना प्रकाशित गरेर राष्ट्रिय दुग्ध विकास बोर्डले सबै डेरी उद्योगहरूलाई आवश्यक कागजात सहित निवेदन दिन आव्हान गरेको थियो ।

बोर्डमा प्राप्त भएका आवेदनका सम्बन्धमा आवश्यक परीक्षणपछि मिति २०७८ जेठ ३० गते बसेको बैठकको निर्णयले दुग्ध विकास सस्थान र हिमालयन डेरी एण्ड एग्रो भेट रिसर्च सेन्टर काभ्रेका दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनलाई प्रतीक चिन्ह९लोगो० उपलब्ध गराउने निर्णय गरेको थियो । निर्णय अनुसार असार २ गते डिडिसी र ४ गते हिमालय डेरीलाई लोगो प्रदान गरिसकेको छ ।

विज्ञप्तिमा भनिएको छ, “नेपाल सरकारले दूध ढुवानीलाई अत्यावश्यक सेवामा राखेको र यस्ता सवारी साधनलाई पहिचान खुल्ने गरी प्रतीक चिन्ह ९लोगो० प्रदान गरी प्रतीक चिन्ह ९लोगो ० अंकित सवारी साधनलाई निषेधाज्ञा वा अन्य आपतकालीन अवस्थामा पनि विना अवरोध नेपालभर आवत जावत गर्न सहज हुने र दूध तथा दुग्धजन्य पदार्थको गुणस्तर कायम रही उपभोक्ताको गुणस्तरीय दूध तथा दुग्धजन्य पदार्थ उपभोग गर्ने हक समेत सुनिश्चित हुनेछ ।”

प्रकाशित मिति : असार ६, २०७८ आईतबार  ९ : २२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।