Logo

अर्थ

बजेट कार्यान्वयन गर्दा महिला रोजगारीलाई प्राथमिकता दिउँ : डिला संग्रौला



काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले बजेट कार्यान्वयन गर्दा महिलालाई रोजगारी र आयआर्जनका कार्यक्रममा प्राथमिकताका साथ संलग्न गराउन आग्रह गरेकी छन्। प्रतिनिधिसभा बैठकमा मंगलबार बजेटमाथिको छलफलमा भाग लिँदै सरकारसँग महिलालाई रोजगारी र आयआर्जनका कार्यक्रममा प्राथमिकताका साथ संलग्न गराउनु आग्रह गरेकी हुन्।

‘उद्योगधन्दा, पर्यटन, रोजगारी हरेक क्षेत्र कोरोनाबाट प्रभावित भएको छ। कोरोनाबाट रोजगारी र आय श्रोत गुमाउनेमा महिलाहरुको संख्या धेरै छ,’ संग्रौलाले भनिन्, ‘त्यसैले बजेटको कार्यान्वयन गर्दा महिलाहरुलाई रोजगारी र आय आर्जनका कार्यक्रममा प्राथमिकताका साथ संलग्न गराउन म सरकारलाई आग्रह गर्दछु।’

प्रतिपक्षी दलका सांसदहरुले बजेटलाई चुनावी बजेट भनेको प्रति आपत्ति जनाउँदै उनले बजेटमा उत्पादन बढाउने र अर्थतन्त्रको आकार ठूलो बनाउने कार्यक्रमहरु लिएर आएको जिकिर गरिन्।

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलवार १८:४२   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।