काठमाडौं । प्रमुख सत्तारुढ नेपाली कांग्रेसका सांसद भरतकुमार शाहले नेपालका ७० प्रतिशत युवासँग ड्राइभिङ लाइसेन्स नभएको बताएका छन्। आगामी वर्षको बजेटमाथि मंगलबार प्रतिनिधिसभामा भएको छलफलमा सहभागी हुँदै उनले यस्तो बताएका हुन्।
सरकारको ढिलासुस्तीले ड्राइभिङ लाइसेन्स वितरण हुन नसकेको बताएका उनले प्रहरीले चेकिङका नाममा ३÷४ सय रुपैयाँ लिएर छाड्ने गरेको बताए।
‘तगारो लगाएर चेकिङ गर्ने काम कहीँ हुँदैन संसारमा, ७० प्रतिशत युवासँग लाइसेन्स छैन। साँझ साँझ दैनिक प्रहरीले चेक गर्छन्’, उनले भने ‘चेक गर्ने बहानामा तीन सय चार सय लिएर छाड्ने काम भइरहेको छ।’ लाइसेन्स वितरण हुन नसक्नु ठूलो समस्या भएको उनले बताए।





















प्रतिक्रिया