काठमाडौं । सरकारले गत आइतबार सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटपछि सुरु भएको सेयर बजारको ओरालो यात्राले आज (विहीबार) पनि निरन्तरता पाएको छ । सेयर बजारलाई सुधार गर्न विभिन्न कार्य गर्ने बजेटमार्फत बताए पनि आज (विहीबार) चौथो दिन पनि नेप्से घटेको छ।
बिहीबार नेप्से १८.२६ अंकले घटेर २११२.४७ विन्दुमा झरेको हो। सेन्सिटिभ सूचक पनि ३.८१ अंकले घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। आज सेयरबजारमा २२७ कम्पनीको कारोबार भएको थियो। जसमा ३५ लाख ६६ हजार कित्ता १ अर्ब १६ करोडमा बिक्री भएको हो।
दिनभरिमा २१ हजार ८ सय ३३ पटक खरिदबिक्री भएकोमा १३ मध्ये सामूहिक लगानी कोषबाहेक बाँकी समूहको सूचकहरु घटेका छन्।





















प्रतिक्रिया