Logo

अर्थ

आज पनि बढ्यो सुन र चाँदीको भाउ



काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा सुनको भाउ प्रतितोला ९ सय रुपैयाँले बढेको हो।

यससँगै छापावाल सुनको भाउ प्रतितोला ९८ हजार ५ सय रुपैयाँमा पुगेको छ। त्यस्तै तेजावी सुनको भाउ पनि ९८ हजार रुपैयाँमा पुगेको छ।

त्यस्तै चाँदीको भाउ पनि प्रतितोला २५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १२९० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार ११:३७   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।