Logo

अर्थ

बजेटमाथि उठेका सवालको आज अर्थमन्त्रीले जवाफ दिने



काठमाडौं । संसदमा बजेटको विषयमा सांसदहरुले उठाएको प्रश्नहरुको आज (शुक्रबार) अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिँदैछन् । अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७९/०८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेको प्रश्नहरुको उत्तर दिने कार्यसूची छ।

अर्थमन्त्री शर्माले आज संसदमा विनियोजन विधेयक २०७९ प्रस्तुत गर्ने, राष्ट्र ऋण उठाउने विधेयक २०७९ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तुत गर्ने, राष्ट्र ऋण उठाउने विधेयक २०७९ प्रस्तुत गर्ने, ऋण तथा जमानत २५औँ संशोधन विधेयक २०७९ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने, ऋण तथा जमानत २५औँ संशोधन विधेयक २०७९ प्रस्तुत गर्ने कार्यसूची छ।

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार १२:१३   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।