काठमाडौं । नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले महङ्गीले जनता मारमा परेका बताएकी छन् । उनीहरुलाई राहत दिने कार्य सरकारले गर्नुपर्ने उनको माग छ ।
प्रतिनिधिसभामा प्रस्तुत मूल्यवृद्धिसम्बिन्धी सार्वजनिक महत्वको प्रस्तवमाथि सहभागी हुँदै उनले यस्तोब ताएकी हुन् ।
अन्तर्राष्ट्रिय बजारमा उर्जा र खाद्यान्नको संकट परेको भन्दै उनले युक्रेनबाट आउने वस्तुको मूल्यले नेपालमा प्रभाव परेको भन्दै कसरी कम गर्ने भन्नेतिर ध्यान जानुपर्ने बताइन्। उनले वैकल्पिक उर्जामा सरकारले ध्यान दिनुपर्ने बताइन्।





















प्रतिक्रिया