काठमाडौं । प्रतिनिधिसभामा विनियोजना विधेयक २०७९ पेश गरिएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक २०७९ पेश गरेका हुन् ।
यसअघि शुक्रबारको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको अर्थमन्त्री शर्माले जवाफ दिएका थिए ।
गत आइतबार (१५ जेठ)मा अर्थमन्त्री शर्माले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्षको १७ खर्ब ९३ अर्ब र ८३ करोडको बजेट प्रस्तुत गरेका थिए ।
यस्तै, संसदमा राष्ट्र ऋण उठाउने विधेयक २०७९ संसदमा पेश भएको छ । अर्थमन्त्री शर्माले राष्ट्र ऋण उठाउने विधेयक २०७९ पेश गरेका हुन् ।
यसैगरी ऋण तथा जमानत (पच्चीसौं संशोधन) विधेयक २०७९ पनि पेश गरिएको छ । बैठकमा अर्थमन्त्री शर्माले ऋण तथा जमानत विधेयक पेश गरेका हुन् ।





















प्रतिक्रिया