Logo

अर्थ

‘निजगढमा विमानस्थल चाहिँदैन’ भन्दै काठमाडौंमा प्रदर्शन [फोटोफिचर]



काठमाडौं । बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल चाहिँदैन भन्दै निजगढवासीले शनिबार काठमाडौंको बानेश्वरदेखि माइतीघरसम्म प्रदर्शन गरेका छन् । सर्वोच्च अदालतले १० दिनअघि निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य रोकेर त्यसको विकल्प खोज्न आदेश दिएको थियो ।

सर्वोच्चको त्यस निर्णयविरुद्ध केहीदिन अघि निजगढबासीले नै काठमाडौंमा प्रदर्शन गरेका थिए । तर अहिले वन तथा वातावरण जोगाउनुपर्ने भन्दै प्रभावित क्षेत्र टांगियाबासीले र्‍यालीसहितको प्रर्दशन गर्दै सर्वोच्च अदालतले दिएको सो फैसलाको पक्षमा ऐक्यवद्धता जनाएका हुन्।

विकल्पबिना उक्त विमानस्थलको धावनमार्ग टांगियाबस्तीमा बनाउने सरकारको निर्णयको विपक्षमा सर्वोच्च अदालतको आदेश आएकाले त्यसको कार्यान्वयनको माग गर्दै आफूहरूले ऐक्यवद्धतास्वरुप काठमाडौंमा शान्तिपूर्ण र्‍यालीसहितको प्रर्दशन गरिएको स्थानीवासीको भनाइ छ ।

तस्बिरहरु हेर्नुहोस्

प्रकाशित मिति : जेष्ठ २१, २०७९ शनिबार  २ : ०६ बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।