काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/८० को बजेटपछि आज (बुधबार) पहिलो पटक शेयर बजारमा हरियाली छाएको छ । शेयर बजारमा देखिएका समस्या अध्ययन गरी मौद्रिक नीतिबाट सम्बोधन गर्ने तयारीसहित अर्थ मन्त्रालयले समिति गठन गरेको सूचनापछि बुधबार लगानीकर्ता उत्साहित देखिन्छन् ।
अर्थमन्त्री जनार्दन शर्माले धितोपत्र बोर्डको वार्षिकोत्सव समारोहमा समिति गठन गरी समस्याको अध्ययन हुने जानकारी गराएका थिए । आगामी बजेट सार्वजनिक भएको दिनपछि निरन्तर घटेको सेयर बजार बुधबार भने दोहोरो अंकले वृद्धि भयो । बधुबार ६०.२२ अंकले बढेको बजार २०८०.४४ बिन्दुमा पुगेर रोकिएको छ ।
बुधबार कुल २३१ कम्पनीको ३० हजार ६८४ वटा कारोबारबाट ५० लाख ५ हजार ८१४ कित्ता सेयर किनबेच भएको छ । यस दिन कारोबार रकम भने १ अर्ब ६४ करोड ३ लाख ५६ हजार ६०८ रुपैयाँ रहेको छ । बुधबार सबै उपसमूहको सेयर मूल्य बढेको छ ।





















प्रतिक्रिया