Logo

प्रमुख समाचार

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)



बुटवल । लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले आज लुम्बिनी प्रदेश सभामा आगामी वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

१८६ बुँदे नीति तथा कार्यक्रममा सुशासन कार्यक्रममा ‘हेलो मुख्यमन्त्री’, शैक्षिक सुधारका लागि ‘मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम’ समावेश गरिएको छ । डिटिलल प्रदेश निर्माणको कार्यक्रम पनि अगाडि बढाइएको छ ।

आर्थिक नीतिमा उत्पादनमा वृद्धि, सुशासन, प्रदेशको राजनधानी राप्ती देउखुरी, लुम्बिनी अस्पताल, प्रदेश विश्व विद्यालय, जीवराज आश्रीत सडक निर्माण आयोजना र नौमुरे विद्युत आयोजनालाई गौरवका आयाजनामा अगाडि बढाइने नीति तथा कार्यक्रममा उल्लेख छ । 

स्वास्थ्यमा आम जनताको अधिकारलाई पूणर्ता दिन स्वास्थ्य भवन निर्माण, औषधिको उपलब्धतालगायतको कार्यक्रम राखिएको छ । लुम्बिनी प्रादेशिक मुलककै नमुना अस्पताल तथा मुलुकै नमुना मेडिकल कलेजका रूपमा सञ्चालन गरिने पनि भनिएको छ ।

हेर्नुहोस् पूर्णपाठ :

प्रकाशित मिति : २५ जेष्ठ २०७९, बुधबार १६:१९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।