काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढ्दै ९८ हजार रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज (बिहीबार) छापावाला सुन तोलामा ५०० रुपैयाँले बढ्दै ९८ हजार रुपैयाँ कायम भएको हो ।
यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा ५०० रुपैयाँले नै बढ्दै ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्य नै कायम हुँदै प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।





















प्रतिक्रिया