Logo

टिप्पणी

केपी ओली फेरि प्रधानमन्त्री बन्दै !



प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष बिष्णु पोडेलले नेकपा एमालेका अध्यक्ष केपी ओली फेरि प्रधानमन्त्री बन्ने दाबी गर्दै मिति समेत तोकिदिएका छन् ।

एक टेलिभिजन अन्तर्वाताका क्रममा उपाध्यक्ष पौडेलले केहि महिना भित्रै एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्ने दाबी गरेका छन् । एमालेले अहिले कसैलाई प्रधानमन्त्री बनाउँने धन्दा नगर्ने भन्दै पौडेलले निर्वाचन पछि एमालेकै एकल बहुमतको सरकार बन्ने दाबी गरेका छन् ।

लेखेर राख्नुस् निर्वाचन पछि एमालेको एकल बहुमतको सरकार बन्छ अध्यक्ष ओली फेरी प्रधानमन्त्री बन्नुहुन्छ फूलको गुच्छा लिएर बधाइ दिन आउँनुहोला पौडेलले भनेका छन् । अहिले एमालेलाई कुनै सरकार ढाल्ने या राख्ने बारेमा धन्दा गर्ने फुर्सद नभएको पनि उनले प्रष्ट पारेका छन् ।

फेरी पनि जनताको बलमा चुनावी मैदानमा प्रतिष्पर्धाका लागि एमाले तयार रहेको भन्दै पौडेलले एमालेलाई निर्वाचन जित्नका कसैको बैशाखीको जरुरी नभएको पनि प्रष्ट पारेका छन् । हजारौँ कार्यकर्ता र लाखौँ जनतालाई लिएर एमाले चुनावी मैदानमा उत्रन तयार रहेको उनले भनेका छन् ।

तपाईहरुले देउवा सरकारलाई ढाल्दै हुनुहुन्छ रे प्रचण्ड या माधव नेपाललाई प्रधानमन्त्री बनाउँने रे हो ? भन्ने प्रश्नमा पौडलले यो कुरा गलत भएको दाबी गरेका छन् । कांग्रेसको पछि लागेका प्रचण्ड र माधव नेपाललाई वामपन्थी भन्ने मुर्खता एमालेले नगर्ने उनको भनाइ छ ।

पौडेलले देउवा सरकारलाई तासको घर भनेका छन् । तासको घर जस्तो सरकारलाई ढाल्नको लागि एमालेले बलनै नलगाउँने पनि उनले प्रष्ट पारेका छन् । प्रचण्ड र माधव नेपाल काग्रेस जस्तो दक्षिणपन्थी शक्तिकोपछि लागेको भन्दै उनले उनीहरुलाई बामन्थी मान्न नै एमाले तयार नभएको भनेका छन् ।

यो मूलुकको सच्चा बामपन्थी शक्ति एमाले रहेको जिकिर गर्दै पौडेलले सच्चा वामपन्थीहरुलाई एमालेको छाता भित्र गोलबन्द गरेरै लैजाने बताए । प्रचण्ड र माधव नेपालहरुले आफूलाई बामपन्थी भन्नु जसको सिङ छैन उसको नाम तिखे भनेका जस्तो मात्रै भएको पौडेलले कटाक्ष गरेका छन् ।

प्रचण्ड या माधव नेपाललाई प्रधानमन्त्री बनाउँने त के तालमेल या सहकार्य सम्मपनि अहिले एमालेले नसोचेको पौडेलले प्रष्ट पारेका छन् । व्यापक जनमतको बलमा निर्वाचनमा गएर एकल सरकार बनाउँने गरी एमाले अघि बढिरहेको पौडेलले बताए ।

प्रकाशित मिति : २८ जेष्ठ २०७९, शनिबार १६:३२   :  बजे

552
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।