Logo

प्रमुख समाचार

लोकसेवा विषेशः परीक्षाको तयारी कसरी गर्ने ? (अङ्क–१८)



वि.सं. २००७ सालमा देशमा प्रजातन्त्रको स्थापना सँगै निजामती कर्मचारीको नियुक्ति छुट्टै र स्वतन्त्र निकायबाट गर्ने उद्देश्यले वि.सं. २००८ साल असार १ – (तदनुसार १५ जुन १९५१ इ.स.) गते लोक सेवा आयोगको स्थापना भएको हो । यस आयोगले निजामती सेवाका पदमा उपयुक्त उम्मेदवार छनौट गर्ने कार्य गर्दछ ।

नेपाल अधिराज्यको संविधान, २०४७ ले पनि लोक सेवा आयोगलाई एक स्वतन्त्र संवैधानिक निकायको रूपमा स्विकारेको छ । सोही संविधानको धारा १०१ ले आयोगका एक अध्यक्ष र आवश्यकता अनुसार अन्य सदस्यहरू रहने गरी लोक सेवा आयोगको गठन हुने व्यवस्था गरेको छ । आयोगका अध्यक्ष र सदस्यहरू ६ वर्षका लागि नियुक्ति गरिने व्यवस्था संविधानमा नै व्यवस्था गरिएको छ । आयागे का अध्यक्ष तथा सदस्यहरूलाई सर्वोच्च अदालतको न्यायाधीश सरह समान आधारमा र समान तरिकाले आफ्नो पदबाट हटाउन सकिन्छ ।

आज हामीले लोकसेवा प्रश्नोत्तरमा लोकसेवाका टिप्स प्रस्तुत गरेका छौँ ।

१. खासगरी परीक्षाको विज्ञापन भएपश्चात् आत्मविश्वासका साथ पाठ्यक्रमबमोजिमका सामग्री तयारी गर्दै निखार ल्याउँदै जाने । तयारीलाई निरन्तरता दिने र यथासम्भव सरल र समरूप जीवनशैली अपनाउने ।

२. जुनसुकै विषय वा शीर्षकबारे विषयगत प्रश्नको उत्तर तयार पार्दा कम्तीमा तीनवटासम्म पाठ्यसामग्री अध्ययन, नोट तयारी, चिन्तन, विश्लेषणसमेत गरी वेलाबखत सो कार्यलाई दोहो¥याउने गर्नुपर्छ । साथै तयारी पूरा भए–नभएको थाहा पाउन परीक्षाको अंकभारअनुसारको प्रश्न तयार गरी उत्तर लेखेर स्वयं परीक्षण गरी अंक दिई राख्ने वा अन्य अग्रजलाई परीक्षण गर्न लगाई पृष्ठपोषण प्राप्त गर्नु उचित हुन्छ ।

३. अध्ययन गर्दा एउटै स्थान, एउटै परिवेशमा भन्दा अलि फरक र रुचिअनुसार फुर्सदको समयमा वा ध्बपिष्लन को क्रममै भए पनि प्राकृतिक मनोहारी स्थान– जस्तो कि चौतारी, पोखरी वा खोलाको किनार, उच्च पहाड वा भञ्ज्याङ, मन्दिरको परिसरजस्ता स्थानमा बसेर स्मरण गर्ने वा अध्ययन गर्ने बानी बसाल्नु उपयोगी हुन्छ ।

४. हरेक व्यक्तिको जैविक घडी आ–आफ्नै हुन्छ अर्थात् द्यष्ययिनष्अब िएचष्mभ त्ष्mभ हुन्छ । कसैलाई बिहान सबेरै, कसैलाई बेलुकीपख, कसैलाई राति सुनसान भएपछि, कसैलाई मध्याह्नमा अध्ययन गरेको प्रभावकारी हुन सक्छ । तसर्थ आफ्नो उच्च महत्वको समय पहिचान गरेर सोको भरपूर उपयोग गर्नुपर्छ ।

५. थोरै भए पनि थप मिहिनेत अर्थात् भ्हतचब भायचत को खाँचो प्रतिस्पर्धात्मक परीक्षा उत्तीर्ण गर्न आवश्यक छ । उत्तीर्ण हुनेभन्दा पनि आफूलाई अरूभन्दा उत्कृष्ट सावित गरेर तोकिएको संख्यामा पर्ने विषय सजिलो छैन तर असम्भव पनि छैन । यदि आत्मबल, समर्पण, विश्वास र समय व्यवस्थापन राम्रो भयो भने परीक्षा उत्तीर्ण भइन्छ र देशको सेवा गर्ने अवसर मिल्छ ।

प्रकाशित मिति : जेष्ठ ३१, २०७९ मंगलबार  ५ : ३० बजे