भोजपुर । भोजपुर जिल्लाका ९ वटै स्थानीय तहमा श्रम संस्कृति पार्टीले आफ्नो पहिलो स्थापना दिवस मनाएको छ ।
पार्टी स्थापना भएको एक वर्ष पूरा भएको अवसरमा जिल्लाका सबै स्थानीय तहमा श्रमदान अभियानसँगै कोणसभाको आयोजना गरी स्थापना दिवस मनाइएको हो।
स्थापना दिवसका अवसरमा आयोजित श्रमदान अभियानमार्फत सामूहिक श्रम र सामाजिक सेवाको सन्देश प्रवाह गरिएको थियो। त्यसै गरी आयोजित कोणसभामा पार्टीको एकवर्षे यात्रा, उद्देश्य तथा आगामी गतिविधिका विषयमा चर्चा गरिएको थियो।
जिल्लाका ९ वटै स्थानीय तहमा एकैसाथ स्थापना दिवस मनाउँदै पार्टीले आफ्नो सङ्गठनात्मक गतिविधिलाई समेत अघि बढाएको जनाएको छ।




















प्रतिक्रिया