काठमाडौं । चाबहिल सबस्टेसनको ६६ केभी बस आइसोलेटर मर्मतसम्भार गर्नुपर्ने भएकाले काठमाडौंका विभिन्न क्षेत्रमा तीन घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार आज बिहान ५ बजेदेखि ८ बजेसम्म चाबहिल सबस्टेसनबाट विद्युत् वितरण हुने क्षेत्रमा आपूर्ति बन्द रहने छ ।
विद्युत् आपूर्ति बन्द हुने क्षेत्रहरूमा चाबहिल, पशुपति, गौशाला, मित्रपार्क, जयबागेश्वरीलगायत आसपासका क्षेत्र रहेका छन् ।
प्राधिकरणले निर्धारित समयअघि नै मर्मतसम्भारको काम सम्पन्न भएमा सोहीअनुसार विद्युत् आपूर्ति नियमित गरिने जनाएको छ ।
मर्मतसम्भारका कारण ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति नेपाल विद्युत् प्राधिकरणले क्षमायाचना गरेको छ ।




















प्रतिक्रिया