काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्सले बागमती प्रदेशस्तरीय बिज्नेस बिल्डिङ सेमिनार सम्पन्न भउको छ ।
बागमती प्रदेश प्रमुख सुशील चापागाईंको सभपतित्वमा आयोजित कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले गरेका थिए । कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक नरोत्तम ढकाल, कामु. सहायक महाप्रबन्धक मेघेन्द्र प्रकाश गिरी, ट्रेनिङ प्रमुख प्रमोद सापकोटालगायत पेशागत अभिकर्ता संघका अध्यक्ष रामबहादुर तामाङको अतिथ्य थियो ।
कार्यक्रममा जीवन बीमाको अभिन्न अंगका रुपमा मानिने बागमती प्रदेशका अभिकर्ताको उत्साहजनक सहभगिता थियो । कार्यक्रममा ३०० भन्दा बढी अभिकर्ताको सहभागिता थियो ।
कार्यक्रममा २०२३ को एमडीआरटीहरुलाई सम्मान गर्दै चौथो त्रैमासिकको हालसम्म बागमति प्रदेशअन्तर्गत आफनो व्यक्तिगत कोडमा अधिकतम बीमाशुल्क हसिल गर्न सफल २५ जना अभिकर्तालाई सम्मान गरिएको थियो ।
यसका साथै देशैभरिबाट वैशाख महिनाको स्किममा पर्न सफल अभिकर्ताहरुबाट लक्की ड्र गरी ३ जना भाग्यशाली विजेताको घोषणा गरिएको थियो । लक्की ड्रमा भैरहवा शाखाबाट शोभा जीसीले प्रथम पुरस्कार ल्यापटप, दमक शाखाबाट नितु गौतमले द्वितिय पुरस्कार ट्याब्लेट, वालिङ शाखाबाट रंन्जिता बुढाथोकीले तृतिय पुरस्कार मोबाइल जित्न सफल भएका थिए ।
जीवन बीमा क्षेत्रमा अभिकर्ता पेसालाई थप प्रभावकारी, व्यावसायिक र मर्यादित बनाउने अभियानस्वरुप सूर्या लाइफले ‘मेरो पहिलो पोलिसी’ अभियान सुरु गरेको छ । जसअन्तर्गत अभिकर्ताले हासिल गरेको आफ्नो पहिलो पोलिसी यादगार रहोस भन्ने कामनासहित नयाँ अभिकर्तालाई सम्मान गरिएको थियो ।
विजेता सम्पूर्णलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले सम्मान गर्नुका साथै प्रमाणपत्र, मायाको चीनो र पुरस्कार वितरण गरेका थिए ।
बागमती प्रदेश प्रमुख सुशील चापागाई र वरिष्ठ सहायक महाप्रबन्धक नरोत्तम ढकालले बीमा बजारको हालको अवस्था, चुनाीित र समाधानका साथै मार्केटिङसम्बन्धी तालिम दिएका थिए । प्रमुख कार्यकारी अधिकृत खड्काले कुनै पनि व्यवसायमा सफल हुन निरन्तरता, धैर्यता र लगनशीलता ३ महत्वपूर्ण मन्त्र रहेको कुरा जानकारी गराए ।
कार्यक्रमबाट आफूले गरिरहेको भन्दा पृथक मार्केटिङ टेक्निक र ज्ञान हसिल गरेको र यसले आगामी दिनमा व्यवसाय वृद्धिका लागि थप ऊर्जा र उत्साह मिलेको अभिकर्ताहरुले बताएका छन् ।




















प्रतिक्रिया