काठमाण्डौ । सातवटै प्रदेश सरकारले आर्थिक वर्ष २०७९–८० को बजेट बुधबार सार्वजनिक गर्दैछन् ।
संवैधानिक प्रावधानअनुरुप नै प्रदेश सरकारले आज बजेट सार्वजनिक गर्न लागेका हुन् । संविधानमा संघीय सरकारले जेठ १५ गते र प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था छ ।
सातवटै प्रदेश सरकारको चालु आवको बजेट २ खर्ब ६१ अर्ब रुपैयाँ रहेको छ ।
यसअघि सातै प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याइसकेका छन् । प्रदेश सरकारहरुले कृषि र सडकलाई प्राथमिकतामा राखेका छन् । पर्यटन, खानेपानी र रोजगारी सिर्जना प्रदेशहरुले प्राथमिकतामा राखेका छन् ।




















प्रतिक्रिया