Logo

अर्थ

सेयर बजार अस्थिर बन्दा साना लगानीकर्ता समस्यामा परे : थापा 



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले सेयर बजार अस्थिर बन्दा साना लगानीकर्ताहरू समस्यामा परेको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बुधबार सांसद थापाले बजार अस्थिर बन्दा बजारप्रतिको विश्वसनियता समेत गुमेको बताए । उनले प्रत्येक दिन लगानीकर्ताहरू बजारको विश्वसनीयता र स्थिरताको विषयमा भेट्न आउने गरेको बताए ।

गत भदौमा उच्चतम विन्दु (३२ सय अंक नजिक)मा पुगेको बजार परिसुचक नेप्से दुई हजार अंकभन्दा तल आउँदा बजारप्रतिको विश्वसनियतामा नकारात्मक असर पर्नुका साथै साना लगानीकर्ताहरूको पुँजीनै सकिएर उठ्नै नसक्ने भएको  उनले बताए ।

दुःख गरेर कमाएको सानोतिनो रकम लगानी गरेकाहरू अहिले झुन्डिएर मर्छु भन्ने अवस्थामा पुगेकोतर्फ सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण गराउँदै सांसद थापाले अस्थिर नीतिका कारण बजारमा अस्वभाविक उतारचढाव आउन सक्ने अवस्थाको अन्त्य गर्न माग गरे ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार १५:३९   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।