Logo

अर्थ

एभरेष्ट र हिमालयन जनरल इन्स्योरेन्सबीचको मर्ज प्रस्ताव पारित हुँदै



काठमाडौं । एभरेष्ट इन्स्योरेन्सको बिहीबारे विशेष साधारण सभा बस्दैछ । सभामा हिमालयन जनरल इन्सुरेन्सँग मर्ज हुने प्रस्ताव पेश हुँदैछ । मर्ज हुने भएपछि हाल एभरेष्ट इन्स्योरेन्सको सेयर कारोबार रोक्का  गरेको छ । यी दुई कम्पनीहरुबीच गत २२ वैशाखमा मर्जसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।

हाल एभरेष्ट इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब २५ करोड र हिमालयन जनरलको एक अर्ब १७ करोड रुपैयाँ छ । यसैगरी, हिमालयन जनरल इन्स्योरेन्सको पनि बिहीबार नै विशेष साधारण सभा बस्दैछ । सभामा एभरेष्ट इन्सुरेन्सँग मर्ज हुने प्रस्ताव पेस हुनेछ ।  

हाल हिमालयन जनरलको चुक्ता पुँजी एक अर्ब १७ करोड रुपैयाँ छ । यी बिमा कम्पनीले बिमा समितिले तोकिएको पुँजी पुयाउनका लागि मर्जरको बाटो रोजेका हुन् । बिमा कम्पनीबीच यो पहिलो मर्जर सम्झौता पनि हो । समितिले निर्जीवन बिमा कम्पनीहरुको चुक्ता पुँजी एक अर्ब रुपैयाँबाट बढाएर साढे दुई अर्ब रुपैयाँ पुर्‍याएको छ ।

प्रकाशित मिति : २ असार २०७९, बिहीबार ११:५३   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।