Logo

अर्थ

५ वाणिज्य बैंकको सेयर कारोबार रोक्का



५ वाणिज्य बैंकको सेयर कारोबार रोक्का भएको छ । मर्जर र प्राप्तिमा जान लागेका नेपाल बंगलादेश बैंक, मेगा बैंक, इन्भेष्टमेन्ट बैंक, ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको सेयर कारोबार रोक्का भएको हो ।

नबिल बैंकले बंगलादेश बैंकलाई एक्विजिसन गर्ने भएपछि बंगलादेश बैंकको सेयर कारोबार रोक्का भएको छ । नबिल बैंकले बंगलादेश बैंकलाई १००ः४३ अनुपातमा एक्विजिसन गर्न लागेको हो । नबिलले बंगलादेश बैंकलाई एक्विजिसन गर्ने भएपछि पुस ३० गतेबाट सेयर कारोबार रोक्का भएको हो ।

यस्तै मर्जरमा जाने भएपछि मेगा र इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार पनि रोक्का भएको छ । हिमालन बैंकसँगको मर्जर भाँडिएपछि इन्भेष्टमेन्ट बैंकले मेगालाई मर्जर गर्न लागेको छ ।

जेठ २७ गते इन्भेष्टमेन्ट र मेगा बैंकले मर्जरका लागि सम्झौता भएको थियो । २७ गते मर्जरका लागि सम्झौता भएपछि ३० गतेबाट सेयर कारोबार रोक्का भएको छ । इन्भेष्टमेन्ट बैंकले मेगालाई १००ः ९० अनुपातमा मर्जर गर्न लागेको हो ।

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको सेयर कारोबार पनि रोक्का भएको छ । दुवै बैंक मर्जरमा जाने भएपछि सेयर कारोबार रोक्का भएको हो । असार २ गते दुवै बैंक १ः१ अनुपातमा मर्जरमा जान सम्झौता भएको छ ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार ०१:५४   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।