Logo

प्रदेश न. १

मुख्यमन्त्री राईको दाबी : प्रदेशको नाम भोटिङबाटै भएपनि चालु अधिवेशनमै टुंगिन्छ



विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नाम चालू बजेट अधिवेशनबाटै टुंगिने दाबी गरेका छन् । उनले नामको विषयमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलभित्रै एक मत नभएकाले भोटिङको प्रक्रियाबाट भए पनि नामको टुंगो लगाइने बताएका हुन् ।

नेकपा एकीकृत समाजवादी मोरङको आयोजनामा शनिबार विराटनगरमा आयोजित जिल्लास्तरीय विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले भने, ‘सबैभन्दा ठूलो दल एमाले पनि नाम टुंग्याउने विषयमा अग्रसर देखिएको छ । यसको अगुवाइ सरकाले लिएको छ । सके सहमतिबाट, नभए भोटिङ सिस्टमबाट भए पनि नामकरणको विषय टुंगिनेछ । त्यसलाई सबैले स्वीकारेर जानुपर्छ ।’

मुख्यमन्त्री राईले केन्द्र सरकारले प्रदेश सरकारलाई उपेक्षा गरेको गुनासो पनि गरे । उनले आर्थिक अधिकारदेखि कार्य क्षेत्रमा प्रदेशलाई कमजोर बनाउने काम भएको गुनासो गरेका हुन् ।

प्रकाशित मिति : असार ४, २०७९ शनिबार  ५ : ३१ बजे