Logo

प्रदेश

पोखरामा शिक्षामन्त्रीको पुत्ला दहन, तीन जना पक्राउ



पोखरा : जातीय विभेदविरूद्ध पोखराको मानवअधिकार चोक चिप्लेढुंगामा विरोध प्रदर्शन गरिएको छ । 

उक्त अवसरमा प्रदर्शनकारीले शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको पुत्लादहन गरेका थिए । 

त्यसका क्रममा प्रहरी र प्रर्दशनकारीबीच भएको मुठभेड भएको थियो । जात व्यवस्था उन्मुलन मोर्चाको आह्वानमा विरोध प्रदर्शन भएको थियो । 

पुत्लादहन गर्ने किरण नेपाली, नेत्र चापागाईं र रेशम सापकोटालाई प्रहरीले पक्राउ गरेको छ । 

रुपा सुनार लगायत सम्पूर्ण जातीय विभेद र मन्त्रीको हर्कतविरुद्ध आन्दोलन गरिएको सहआयोजक संगम सांस्कृतिक मञ्चले जनाएको छ ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलवार १७:०३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।