मनबहादुरले टिपरको ब्रेक जोडले दबाएपछि बाइकवाला हातमा हेल्मेट बोकेर फर्कियो बूढो अनुहार देखेर हो कि बाइक वालाको मनमा के आयो कुन्नी औँला ठड्याएर भन्यो, “आँखा छैन ?” त्यसपछि ऊ फर्कियो ।
गठ्ठाघरमा बाइकवालाले यति धम्काएपछि मनबहादुरले कंलकीमा सामान अनलोड गरे । बाटाभर नै बाइकवाला दिमागमा आयो । एकमनले सोचे अरुको गाली खाएर मात्रै के काम गर्नु । छाड्दिउँ कि क्या हो । अर्को मनले सोचे कुन काममा चुनौती छैन र सबै काममा चुनौती छ नि । यही सोच्दासोच्दै उनी सामान लोड गर्ने ठाउँमा पुगे । अनिँदो रात साहूको लगातारको फोन बाटोको समस्या मनबहादुरले जीवनमै धेरै पटक सोचको कुरा मध्य एक यही हो कि साला जिन्दगीमा ड्राइभर नै किन बनेँ म ?
टिपरको कुराहरु सामाजिक सञ्जालमा र सामाचारको मुख्य पृष्ठमा सँधै नै अटाएका छन् । टिपरको समाचार नयाँ होइन तर पूरानो पनि रहन सक्दैन । आम मानिसले भने अनुसार टिपरले दुर्घटना लगातार निम्त्याएको छ । सरसर्ती हेर्ने हो भने सडकमा दुर्घटनाको चाप पनि टिपरकै कारणले भएको हो भनेर यकिन गर्न सकिन्छ । तर हरेक कुरामा दुई पक्ष हुने भएकाले गल्ती कसको धेरै रहन्छ भन्ने कुरा टिपर दुर्घटनामा गुमनाम नै रहन्छ । आयतनकै हिसाबले हेर्ने हो भने अन्य सवारीको तुलनामा टिपरको आयतन ठूलो रहन्छ । नेपालको सन्दर्भमा हेर्ने हो भने प्रत्येक दुर्घटनामा गल्ती जसकै भएपनि ठूला सवारीले दूर्घटनामा क्ष्तिपूर्ति बेहोर्नु परेको प्रत्यक्ष रुपमा देखिन्छ ।
यता चालक समूह सधैँ पीरमा परेको नै बताउँछन् । समाचारले पनि सधैँ हामीलाई दोषी देख्ने र त्यही लेख्ने कुराले हामीलाई दुःखी बनाएको गुनासो गर्दछन् ।
टिप्परलाई यमराज भन्नेहरुको लर्को पनि ठूलै रहेको छ । विभिन्न तवरले उडाए पनि टिपरले समाजमा खेलेको भूमिका निकै सम्झन लायक भने छ । यो सत्य हो ।
महानगरीय ट्राफिक पहरीका अनुसार विगत २०७० बाट ७५ सम्ममा हेर्ने हो भने ७०र७१ मा ८९२ , ७१ र ७२ मा ९४७ , ७२ र ७३ मा १२१० , ७३ र ७४ मा १४०० , ७४ र ७५ मा १५८० टिपरसँग सम्बन्धित दुर्घटना घटेका छन् । दुर्घटनामा अधिकांस बाइक जोडिएको छ ।
उपत्यकाको टिपरलाई अध्ययन गर्दा भक्तपुरको सल्लाघारीमा लस्कर रहेर बसेका टिपरहरु साँझ आठबजेबाट प्राय खुल्ने गरेको भेटिन्छ ।
इमाडोलका बेलबहादुर राइले गाडी चलाएको २०५२ बाट हो । उनीले टिपरको स्टेरिङ समाएको चाहिँ १० वर्ष मात्र भयो । दिनको एक ट्रिप मात्र भ्याइने भएकाले उनलाई परिवार पाल्न धौ धौ नै छ । उपत्यकाभित्र साँझ आठबजे बाट मात्र टिपरको लागि बाटो खुल्ला छ तर यो पनि यसै खुल्छ भन्न सकिन्न चालक सदस्य भन्छन् सरकारको यो टिपर चालकलाई हेप्ने प्रवृति हो । त्यसो त उपत्यकाको सडकमा दिनमा टिपर नै नचल्ने पनि होइन तर त्यसको लागि पास आवश्यक छ । पास पाएपछि दिनमै टिपर सडकमा गुडाउन पाइन्छ ।
म नाम चाहिँ भन्दिन भन्दैन एक टिपर चालक भन्छन् – सरकारले हामी निमुखालाई हेपेको छ । पहुँचवालाले पास मिलाएर दिनमै गाडी चलाउन सक्छन् । हाम्रो ठूलो मान्छे छैन त्यसैले हामीसँग पास पनि छैन हामीले रातको आठबजे नै कुर्नु पर्छ तर त्यो आठ पनि ट्राफिकको मुडमा भर पर्छ । कहिले आठ , कहिले साडे आड , नौ र कहिलेकाहीँ दश बजे मात्र सल्लाघारीबाट ट्राफिकले टिपरलाई अनुमति दिन्छन् । धेरै पटक चालकहरु ट्राफिकसँग आमीलाई अन्याय भयो भन्दै न्याय खोज्न गए तर उनीहरुले उल्टै यो माथिको आदेश हो हामीलाई यो बारेमा केही थाहा छैन भनेर फर्काए ।
बेलबहादुर भन्छन् – पास पाउँदा चाहिँ मान्छे नै नमार्ने हो र ? कि पासले मान्छे मार्दैन । यो पङिक्त्कारलाई उल्टै प्रश्न गर्छन उनीहरु ।
बेलबहादुरले बुझे अनुसार उनीहरुलाई भनौ वा टिपर चालकहरुलाई सरकारले मान्छे गन्दैन । उनीहरुलाई हाम्रा नै जनता हुन भन्न सक्दैन । उनीहरुलाई त केवल हामीले मान्छे मार्छौँ भन्ने मात्र छ । तर हामी वास्तवमा हत्यारा भने होइनौँ ।
हाम्रो गल्ती नै हुँदैन भन्ने पनि छैन । हामी मान्छौ कि हाम्रो पनि गल्ती हुन्छ । तर ठूलो गाडी देख्दैमा ठूलै साधनको मात्र गल्ती हुन्छ भन्नेहरु चाहिँ मूर्ख मात्र हैनन् पटमूर्ख हुन् ।
यदि टिपरको मात्र दोष छ भने किन टिपरले बाटोमा हिँड्नेलाई हान्दैन , किन कारलाई ठोक्दैन , किन बससँग जुद्दैन , किन अरुसाग् दुर्घटना हुँदैन । जहिले बाइकलाई नै हान्नुपर्ने छ भन्ने केही छ र ? छैन नि । यहाँको नीति नियम सबैले नमानेर हो । दोषी त बाइकवाला नि छन् । तर उनीहरु यो मान्न तयार छैनन् ।
बेलबहादुर भन्छन् – टिपरको आयतन ठूलै हो हामी मान्छौ । दश टन भारी बोकेर त्यही बाइक हिँड्ने सडकमा हामी सँगैm हिँड्छौँ तर उनीहरुलाई कुदाउन कुनै लिमिट छैन । सयभन्दा उकालोमा उनीहरु दौडन्छन् । हामी भारी बोकेर ४० वा ५० कै स्पीडमा हिँडे पनि आवाज बढी आउँछ । आवाज ठूलो भएपछि स्पीडमा छ साधनजस्तो देखिन्छ । म राजा हुँ रोडको तरिकाले बाइकवाला कुदाउँछन् । नजिकै आए पछि ब्रेक त हान्नै पर्यो भारी बोकेको साधनलाई ब्रेक हान्न कति गाह्रो पर्छ । ब्रेकको सन्तुलन छिटो नमिल्ने भएकाले दुर्घटना बढेको हो ।
टिपरले नै सामान बोकेर बनाएको ससडक हो यो । अहिले उसैले चल्न बन्देज छ । सरकारले कार्यलय जान आउन कठिन हुने भएकाले यसो गरिएको हो भन्यो ठीकै छ तर कार्यलयमा कर्मचारी नै भेटिदैनन् भने आठबजे सम्म हामीलाई किन कुराउनु ? कुन कार्यलयमा आठबजे सम्म कर्मचारी बस्छ ? यसकारण हामी टिपर चालकलाई सरकारे अन्याय गरेको छ । टिपर चालकको एउटै माग छ कि हामीलाई बिहान नौ बजेबाट एघार बजेसम्म कुदाउन नदिनु र बेलुका चार बजेबाट छ बजेसम्म नदिनु । त्यो समयमा जाम हुन्छ मान्छौ । त्यो समयमा कुदाउँदैनौ ठीक छ तर अरु समयमा त कुदाउन दिनुपर्छ । नियम सबैलाई उत्तिकै र उस्तै लाग्यो र सबैले नियम माने भने न दुर्घटना हुन्छ न अन्याय हुन्छ ।
















प्रतिक्रिया