Logo

प्रमुख समाचार

मोटोपनले दिक्क हुनुहुन्छ ? यी उपाय अपनाउनुहोस्



तौल घटाउने विभिन्न तरिका छन् । कोही जिमखाना जान्छन् । कसैले पोषणविद्को सल्लाहअनुसार खाना खाने गर्छन् । धेरैजसोले तौल घटाउन निकै ठूलो रकमसमेत खर्चंदै आएका छन् । तर, सामान्य नियम अपनाउँदा विनाखर्च नै तौल घटाउन सकिने विज्ञहरूको सुझाब छ ।


१. प्लेटको आकार घटाउने
तौल घटाउने एउटा सामान्य उपाय प्लेटको आकार घटाउनु पनि हो । सानो आकारको प्लेटमा खाना धेरै राख्न मिल्दैन जसका कारण खाना थोरै खाइने हुन्छ । एक अनुसन्धानअनुसार नौ देखि १० इन्चसम्म प्लेटको आकार कम हुँदा वर्षमा १८ पाउन्ड तौल कम हुन्छ ।
२. खानाअघि पानी पिउने
बेलुका वा बिहान खाना खानुभन्दा अधा घन्टाअघि १६ औन्स पानी पिउन विज्ञहरूको सुझाब छ । खानाअघि पानी पिउँदा धेरै खाना खान मन लाग्दैन । पानीले नै पेट भरिएको हुन्छ । पेट भरेको अवस्थामा खाना रुच्दैन । जसले पनि तौल घटाउन मद्दत गर्छ ।
३. बदामको दूध पिउने
अस्वस्थकर खानाले पनि तौल बढाउने गर्छ । अस्वस्थकर खानाबाट टाढा रहँदा शरीरको क्यालोरी पनि कम हुँदै जान्छ । उदाहरणका लागि फ्याट नभएको दूधको स्थानमा बदामको दूध प्रयोग गर्दा क्यारोली घट्छ । बदामको दूध सेवनले शरीरमा ७५ प्रतिशत क्यारोली कम हुने विश्वास गरिन्छ ।
४. डिजर्टमा कालो चकलेट
अक्सर मानिसले बिहान र बेलुकाको खानामा फलफूल डिजर्ट मन पराउँछन् । फलफूलको स्थानमा कालो चकलेट डिजर्ट प्रयोग गरी तौल घटाउने सबैभन्दा उत्तम उपाय हो । कालो चकलेटले तौलका साथै सुगर लेभलसमेत घटाउँछ । एक अध्ययनअनुसार सेतो चकलेटमा २२० क्यालोरी तथा कालो चकलेटमा १७० प्रतिशत क्यालोरी हुन्छ । कालो चकलेट सेवन गर्नुको अर्को मज्जा भनेको स्वाद पनि फरक हुन्छ । कम क्यालोरी भएको कालो चकलेट खाँदा चिनी खाने बानी पनि कम हुँदै जान्छ ।
५. हिँडाइको गति बढाउने
दिनमा जति बढी हिँडिन्छ त्यति नै क्यालोरी घट्दै जान्छ । क्यालोरी घट्दा एक किसिमको आनन्द अनुभव हुन्छ । धेरैजसो शरीरको तौल घटाउन दुई घन्टा जिमखाना जाने र उठ्नेबित्तिकै आधा वा एक घन्टा हिँड्ने गर्छन् । यो तौल घटाउने सही योजना होइन । सामान्य तरिकाले पनि तौल घटाउन सकिन्छ । जस्तो अफिस वा कुनै कार्यालयमा जाँदा लिफ्ट वा विद्युतीय भ¥याङ सकेसम्म प्रयोग नगर्ने । आफू जुन तलामा जाने हो, त्यहाँसम्म हिँडेर जाने राम्रो उपाय हो । यस किसिमको काम नियमित गरिरहँदा थाहा नपाई नै क्यालोरी घट्ने गर्छ ।
६. थोरै–थोरै गरी खाना खाने
यदि दिनमा तीनपटक खाना खाने बानी छ भने अलि रुटिङ परिवर्तन गर्नुपर्छ । सुन्दा अचम्म लाग्न सक्छ । दिनमा तीनपटक नभएर कम्तीमा ६ पटक थोरै थोरै गरी खाना खाँदा पनि तौल घट्न सक्छ । धेरै खाना खाँदा तौल बढ्ने सुनिएको हो । तर, दिनभरि धेरैपटक खाना खाँदा शरीरमा थप खाना बहन गर्न सक्दैन । यस्तो अवस्थामा बिलकुलै खाना खान मन नपराउँदा पछि भोक नै लाग्दैन । बिस्तारै क्यालोरी घट्दै जान्छ ।
७. सही समयमा सुत्ने र उठ्ने
बेलुका सुत्ने र बिहान उठ्ने तालिका एकैनासको हुँदा पनि तौल घट्छ । निद्रा नपुगेको अवस्थामा अल्छी भइन्छ । त्यसवेला खाना खाना पनि मन लाग्दैन । शरीरमा खाना पर्याप्त नहुँदा थकित बनाउँछ । सही समयमा निदाउने र उठ्ने बानी गरेका व्यक्तिको खाना पनि रुच्ने र क्यालोरी पनि एकनासको बनिरहन्छ । एक महिना मात्र यो तालिका अपनाउँदा शरीरको पाँच पाउन्ड तौल घट्छ ।

प्रकाशित मिति : असार ९, २०७९ बिहीबार  ६ : ३० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।