नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनको तयारीबारे छलफल गर्न पदाधिकारी बैठक बोलाएका छन्।
बिहीबार दिउसो २ बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी बैठक बोलाइएको हो । बैठकमा महाधिवेशन तयारीसँगै क्रियाशील सदस्यता विवादबारे छलफल गर्ने बताइएको छ ।
यस अघि केन्द्रीय सदस्यताको विवाद टुङ्गयाउन केन्द्रीय सदस्य रमेश लेखकको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ। समितिले काम गरिरहेको भए पनि त्यसमा उठेका केही विषयमा पदाधिकारी बैठकमा छलफल हुने बताइएको छ ।
कांग्रेसको १४औँ महाधिवेशन १६–१९ भदौमा काठमाडौंमा हुन लागेको छ।





















प्रतिक्रिया