Logo

टिप्पणी

सुमन सायमीलाई एमालेले गर्यो ठूलो अफर



स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको निर्वाचनमा मेयर पदमा उमेदवारी दिएर लोकप्रिय मत ल्याएका सुमन सायमीले प्रतिनिधीसभाको निर्वाचनमा पनि स्वतन्त्र उमेदवारी दिने तयारी गरेका छन् । यसै बीचमा उनलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट अफर गएको खुलासा भएको छ ।

सायमीलाई पनि सुनिता डंगोललाई जस्तै अफर गएको बताइएको छ । नेकपा एमालेबाट काठमाडौँ महानगरपालिकाको उपमयेरमा निर्वाचित भएर देशैभरीमा सबैभन्दा धेरै मत ल्याएर निर्वाचित भएकी डंगोलले सुरुमा मेयरमा स्वतन्त्र उमेदवारी घोषणा गरे पनी एमाले अध्यक्ष ओलीले बोलाएर एमालेबाट उपमेयर पदको उमेदवार बनाउँन कन्भीन्स गराएका थिए । सायमीलाई पनि एमालेबाट अफर आएको उनी आफैँले खुलासा गरेका छन् ।

प्रतिनिधीसभाको निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ८ बाट स्वतन्त्र उमेदवारीको तयारी गरिरहेका सामयीलाई एमाले प्रवेश गरेर सुर्य चिन्हबाट निर्वाचन लड्न प्रस्ताव गएको खुलासा सायमीलेनै गरेका छन् । एमाले उच्च नेतृत्वबाटनै यस्तो प्रस्ताव आएको तर आफूले अस्विकार गरेको दाबी उनले गरेका छन् ।

उनले आफूमात्रै होइन, अरु स्वतन्त्र उम्मेदवारहरुलाई पनि एकैठाउँमा ल्याउने कोसिस गरिरहेका छन् । स्वतन्त्र उम्मेदवारहरुको संजाल बनाएर अघि बढ्ने सोचसहित उनी सक्रिय भएका छन् ।

काठमाडौंबाटै प्रतिनिधिसभा चुनावमा उम्मेदवारी दिने तयारी गरेका सायमीलाई विभिन्न पार्टीबाटसमेत अफर आउन थालेको छ । उनलाई नेकपा एमालेले पार्टी प्रवेश गरेर काठमाडौंको कुनै एक निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्न प्रस्ताव अघि सारेको छ ।

तर, नेकपा एमालेको सो प्रस्तावलाई सायमीले अस्वीकार गरेका छन् । उनले भने, ‘नेकपा एमालेले मलाई पार्टी प्रवेश गरेर टिकट लिन अफर गरेको छ । तर, म अहिले पार्टी प्रवेश गर्ने मूडमा छैन । र प्रवेश गर्दिनँ पनि ।’

उनले बरु स्वतन्त्र उम्मेदवारहरुको संजाल बनाउने अभियानमा सक्रिय भएका छन् । काठमाडौंबाटै चुनाव लड्ने तयारीमा रहेका स्वतन्त्र उम्मेदवारहरु रञ्जु दर्शना, पुकार बमलगायत व्यक्तिहरुसँग उनले निरन्तर छलफल गरिरहेका छन् ।

केही दिनअघि संचारकर्म छाडेर स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हरिशरण लामिछानेसँगसमेत सायमीको भेट भएको थियो । तर, लामिछानेसँग भने सहकार्य नहुँने सायमीले बताउन थालेका छन् ।

पहिलो भेटमा नै लामिछानेले झुक्याउने काम गरेकोले आफूले लामिछानेसँग भेट नगर्ने र उनीहरुसँग सहकार्यसमेत नहुँने उनको भनाइ छ । रवि लामिछाने र हरिशरण लामिछानेले आफूहरुको स्वतन्त्र उम्मेदवारहरुको संजाल गिजोल्ने काम गरेकोसमेत सायमीले बताएका छन् ।

उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितीको अध्यक्ष साथै उपत्यका सरोकार मञ्चक अध्यक्ष हुन् सायमी । उनि एक दशकदेखि काठमाडौँका समस्यालाई नियाल्दै आएका अभियान्ता हुन् ।

सायमीले सांस्कृतिक सम्पदा संरक्षणमा आफ्नो आवाज निरन्तर उठाइ रहेका छन् । उनले काठमाडौँ भित्र हुने गरेका विभिन्न समस्यालाई मध्यनजर गरी कसरी आफ्नो परापूर्वकाल देखी चलिआएका तथा रहिआएका हरेक ठुला साना जात्रा पर्व, संस्कृति, परम्पराहरुलाई संरक्षण गर्ने भन्ने कुरालाई जोड दिएका छन् । एक दशकदेखि काठमाडौँको अस्तित्व बचाउने अभियन्ता सायमी सहरको व्यवस्थापनको लागी फोहोर व्यवस्थापनको सपना लिएका छन् ।

गैरन्यायिक सडक विस्तार विरुद्धको नेतृत्व देखी सम्पदा संरक्षण, खोकनाको कृषि भूमि संरक्षण आन्दोलन लगाएत अन्य विभिन्न राजधानीका समस्याहरुमा आफ्नो फ्रन्टलाइनमा बसेर जेल समेत बसेका छन । सायमीले परापूर्वकाल देखी मान्दै आएको मठमन्दिर विहार बाहास् बही, ननी, चुक, गुम्वा, चैत्य, पाटी पौवा फल्चा, गुठी, भाषा, लिपि, जग्गा जमिन र थाक थलो सुरक्षामा लाग्दै आएका अभियान्ता हुन् ।

प्रकाशित मिति : असार ९, २०७९ बिहीबार  १ : ५९ बजे

279
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।