Logo

प्रमुख समाचार

एकीकृत समाजवादीका अटेरी चार मन्त्रीलाई पार्टीकै ६ सांसदको साथ !

पार्टीको निर्णय नमानेको भन्दै नेताहरु भने आक्रोशित, पार्टीका मन्त्रीहरूमा पदलोलुपता देखिएको टिप्पणी



काठमाडौं । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीले मन्त्रीहरुलाई फिर्ता बोलाउन निर्णय गरेको तीन हप्ता बितिसकेको छ । ६ महिनाका लागि भनेर पार्टीले मन्त्री बनाएकाहरु फिर्ता हुन नमान्दा पार्टीको सचिवालय बैठकले गरेको निर्णय कार्यान्वयन हुन सकेको छैन । पार्टीले नै बनाएका मन्त्रीहरुले पार्टीकै निर्णय उल्लघंन गरिरहेका बेला पार्टीका अन्य ६ सांसदले उल्टै अटेरी मन्त्रीहरुलाई साथ दिएका छन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री प्रेम आले, श्रम, रोजगार तथा सामाजिक सरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र सहरी विकासमन्त्री रामकुमारी झाँक्री पार्टीको निर्देशलाई अटेर गर्दे अहिले पनि सरकारमा टाँसिरहेका हुन् । उनीहरुलाई अहिले पार्टीकै ६ जना सांसदको साथ छ । उनीहरुले संसदीय दलको बैठक बोलाउन माग गर्दै अध्यक्ष माधव कुमार नेपाललाई ध्यानाकर्षण पत्र बुझाएका छन्।

सरकारमा रहेका मन्त्रीसहित १० जना सांसदहरुले मन्त्री फेर्ने यसअघिको निर्णय नमान्ने संकेत गर्दै सो विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाउन माग गरेका हुन्।

संसदीय दलको बैठक बोलाउन माग गर्नेमा चारमन्त्रीहरुसहित सांसद् कृष्णलाल महर्जन, गोपाल बहादुर बम, बिनादेवी बुढाथोकी, पुष्पा कुमारी कर्ण कायस्थ, धन बहादुर बुढा र निरा जैरु छन् । उनीहरुले संसदीय दलको बैठक बोलाउन माग गर्दै ध्यानाकर्षण पत्रमा हस्ताक्षर गरेका छन्।

१० जना सांसद्‌हरुले सरकारमा प्रतिनिधित्व गरिरहरेका पार्टीका नेताहरुलाई अपराधीको जस्तो व्यवहार गरिएको भन्दै असन्तुष्टि समेत पोखेका छन्।

१० जना सांसद्‌हरुले सरकार प्रतिनिधित्व गरिरहरेका पार्टीका नेताहरुलाई अपराधीको जस्तो व्यवहार गरिएको भन्दै असन्तुष्टि समेत पोखेका छन्। ‘पूर्व जानकारी पाउँदा स्वाभाविक प्रक्रियाबाट मन्त्री पदबाट राजीनामा गरेर आउछौं भनेर नेतृत्वलाई मन्त्रीहरुले दिएको विश्वासमा ठेस पुर्‍याउने र पटक पटक अपराधीलाई जस्तो व्यवहार गरियो, यस्तो व्यवहार कदापि ठिक मान्न सकिँदैन’, आठ बुँदे ध्यानाकर्षण पत्रमा भनिएको छ।

आगामी आर्थिक वर्ष २०७९/८० को बजेट अधिवेशन चलिरहेको समयमा एक्कासी मन्त्रीमण्डल पूनर्गठन गर्ने कुरा सही र स्वाभाविक मान्न नसकिने पनि उनीहरुले उल्लेख गरेका छन् ।

यस्तो छ १० सांसदको ८ बुँदे माग

१. आगामी आर्थिक वर्ष २०७९र८० को बजेट अधिवेशन चलिरहेको समयमा एक्कासी मन्त्रीमण्डल पूनर्गठन गर्ने कुरा सही र स्वाभाविक मान्न सकिन्न।

२. पूर्व जानकारी पाउँदा स्वाभाविक प्रक्रियाबाट मन्त्री पदबाट राजीनामा गरेर आउछौं भनेर नेतृत्वलाई मन्त्रीहरुले दिएको विश्वासमा ठेस पुरयाउने र पटक पटक अपराधीलाई जस्तो व्यवहार गरियो, यस्तो व्यवहार कदापि ठिक मान्न सकिँदैन।

३. स्थायी कमिटीको बैठकमा समेत अध्यक्ष कमरेडले गठबन्धनमा समस्या भएकोले बजेट पास भएपछि गठबन्धनमा रहेका दलहरुसँग सल्लाह गरेर पार्टीको निर्णय कार्यान्वयन गर्ने भनेर दिएको निष्कर्ष विपरीत पटक–पटक आजैरभोली नयाँ मन्त्रीहरुलाई सपथ गराउन प्रधानमन्त्रीलाई दिएको दबाब किमार्थ राम्रो मान्न सकिन्न।

४. मन्त्रीहरुले संसद्‌मा बजेटसम्बन्धी आफ्ना धारणा राख्ने र माननीय सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिएर बजेट पास भएपछि छोड्ने छौं भन्ने प्रतिवद्धतालाई कमजोरी ठानियो, यो व्यवहारप्रति हामी गम्भीर छौं।

५. प्रस्ताव गरिएका नयाँ मन्त्रीहरुको नामावली असमावेशी र असन्तुलित छ । यसप्रति हामी गम्भीर असहमत छौं।

६. पालैपालो मन्त्री बनाउँछु भन्ने नेतृत्वको भनाइलाई सहि मान्ने हो भने पनि सबैलाई एउटै व्यवहार र मापदण्ड लागू नभएको, महिलाको सहभागीता नभएको, गैह सांसद र एकै जिल्लाबाट दुई जना एकैपटक मन्त्रीमा सिफारिस गरेको, पुराना र नयाँको सन्तुलन नमिलाएको कुराप्रति हामी गम्भीर असहमत छौं।

७. मन्त्रीमण्डल पुनर्गठन गर्दा पुरानो टिम पुरै फिर्ता र नयाँ टिम सन्तुलित र समावेशी सिद्धान्तको आधारमा सिफारिश गर्न जोडदार माग गर्दछौं। यी तमाम विषयमा छलफल गर्न तत्काल संसदीय दलको बैठक बोलाउन समेत माग गर्दछौं।

८. यी तमाम विषयमा छलफल गर्न तत्काल संसदीय दलको बैठक बोलाउन समेत माग गर्दछौं।

पार्टीका नेताहरु आक्रोशित

पार्टीको निर्णय नमानेको भन्दै एकीकृत समाजवादीका नेताहरु भने चार मन्त्रीहरुसँग आक्रोशित भएका छन् । पार्टीका महासचिव बेदुराम भुसालले अहिलेसम्म मन्त्रीहरुले पार्टीको निर्णय नमानि उल्टै सरकारमा टाँसिरहेका बताए । मन्त्रीहरुले बजेटमाथिको मन्त्रालयगत रुपमा जवाफ दिनुपर्ने भएकोले तत्काल रोकिएको भए पनि अहिले मन्त्रीहरुले मन्त्रालयगत रुपमा जवाफ दिइसकेका भएपनि फिर्ता हुन नमोको भन्दै आक्रोश व्यक्त गरे ।

प्रधानमन्त्रीले नयाँ मन्त्रीको सपथ नखुवाए पनि मन्त्रीहरुले पार्टीको निर्णय मान्नुपर्नेमा उल्टै उल्लंघन गर्ने काम भएको भन्दै भुसालले मन्त्री पदलाई स्थायी जागिर जस्तै ठानिएको टिप्पणी गरे ।

रामकुमारी झाँक्रीलाई लक्षित गर्दै अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली प्रश्न सोध्छन्– ‘हिजो मुखमा लगाएको टेप खोली खोली स्टन्ट मारी मारी गरेको भाषण त केवल खोक्रोको आदर्श बाहेक के हुन सक्छ त कमरेड ?’

पार्टीका मन्त्रीहरूमा पदलोलुपता देखिएको भन्दै अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले पनि आक्रोश व्यक्त गरेका छन् । ‘म नै राज्य हुँ भन्ने भनाइ इतिहासमा फ्रान्सेली राजा लुई चौधौको सुनिन्थ्यो, तर आजभोलि म नै मन्त्री, मन्त्री नै म भन्ने भनाइ पनि सुनिन थालियो । म के का लागि जन्मेको हो भने मन्त्री बन्नका लागि मात्र त्यो बाहेक मेरो केहि छैन’, सामाजिक सञ्जालमा पराजुलीले लेखेका छन् ।

कतिपय नेताहरुको सोच नै मन्त्री बन्ने र माफिया दलालको सेटिङमा काम गर्ने र पैसा कमाउने रहेको पराजुलीको भनाइ छ । रामकुमारी झाँक्रीलाई लक्षित गर्दै उनी प्रश्न सोध्छन्– ‘हिजो मुखमा लगाएको टेप खोली खोली स्टन्ट मारी मारी गरेको भाषण त केवल खोक्रोको आदर्श बाहेक के हुन सक्छ त कमरेड ?’

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार १२:१९   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।