Logo

प्रमुख समाचार

कविन्द्र बुर्लाकोटीले फिर्ता लिए महामन्त्रीकाे उम्मेदवारी



चितवन । रास्वपा निर्वतमान महामन्त्री कविन्द्र बुर्लाकोटीले महामन्त्री पदको उम्मेदवारी फिर्ता लिएका छन् । पार्टीमा सहमति र एकताको सम्वर्धनका लागि उम्मेदवारी फिर्ता लिएको बुर्लाकोटीले जानकारी गराएका छन् ।

चितवनमा जारी महाधिवेशनमा अब ८ जनाबीच महामन्त्री पदका लागि प्रतिस्पर्धा हुनेछ ।

यसअघि उम्मेदवारी दिएका जगदीश खरेलले पनि फिर्ता लिइसकेका छन् । अब महामन्त्रीमा महामन्त्री उम्मेदवारमा प्रमोद न्यौपाने, राजुनाथ पाण्डे, मनिष झा, रञ्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिन कुमार आचार्य छन् ।

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार १२:११   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।