Logo

अर्थ

सेञ्चुरी बैंकको संस्थापक शेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन 



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको लिलामीमा राखिएको १८ लाख कित्ता बढी संस्थापक शेयरमा बोलपत्र पेश गर्ने बुधबार अन्तिम दिन रहेको छ । बैंकले ८ असारदेखि संस्थापक समूहको १८ लाख १२ हजार ८९ कित्ता शेयर बिक्रीमा राखेको थियो । यो लिलामी शेयरमा बुधबार बैंकिङ समयसम्म बोलपत्र पेस गर्न सकिनेछ । 

यो लिलामी शेयरमा विद्यमान संस्थापकका साथै अन्य ईच्छुक योग्य व्यक्ति तथा संगठित संस्थाहरुले बोलपत्र पेश गर्न सक्नेछन् । बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ता वा सोभन्दा बढी १० ले भाग जाने गरी खरिद आवेदन दिनुपर्नेछ ।  

लिलामीमा राखिएको शेयरको न्यूनतम मूल्य १४५ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले बोलपत्र पेश गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ । कम्पनीको धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
 

प्रकाशित मिति : १५ असार २०७९, बुधबार १२:१७   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।