Logo

कर्पोरेट फोकस

नबिलमा एनबी बैंक गाभिने पक्का, राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति



काठमाडौं । नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएसँगै नबिलले एनबीलाई गाभ्ने पक्का भएको हो । बुधबार बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले नबिलाई एनबी गाभ्न अन्तिम स्वीकृति दिएको हो ।

यी दुई बैंकको विशेष साधारण सभाले एक आपसमा गाभ्न तथा गाभिनको लागि अख्तियारी दिएको थियो । सोही अनुसार दुबैले गाभिने प्रकृया अघि बढाउन राष्ट्र बैंकको अन्तिम स्वीकृतिको पर्खाइमा थिए । अब राष्ट्र बैंकले स्वीकृति दिएसँगै दुबै बैंकले आगामी असारमसान्तभित्र एकीकृत कारोबारको प्रकृया अघि बढाउने बैंकले श्रोतले बताएको छ ।

यस्तो बन्नेछ बैंक

एनबी बैंकलाई गाभेपछि नबिल अधिकांश सूचकमा पहिलो बैंक बन्नेछ । मर्जरपछि नबिल बैंकको चुक्ता पुँजी पौने २३ अर्ब रुपैयाँ पुग्नेछ । अहिले नबिल बैंकको पुँजी १८ अर्ब ४९ करोड रुपैयाँ छ भने नेपाल बंगलादेश बैंकको चुक्ता पुँजी १० अर्ब ८ करोड रुपैयाँ छ ।

नबिलले एनबी बैंकलाई ४३ रुपैैयाँमा भाग्न लागेको हो । यी बैंक मर्ज भएपनि यस अघि मर्ज भएको ग्लोबल आइएमइर्ए बैंक नै पुँजीका आधारमा अगाडि हुनेछ । नबिल पुँजीको आधारमा दोस्रो बैंक बन्नेछ ।

हाल नबिल बैंकको निक्षेप २ खर्ब ३४ अर्ब २२ करोड ९९ लाख ४८ हजार र कर्जा २ खर्ब २१ अर्ब ९८ करोड ९३ लाख ५६ हजार रूपैयाँ छ । यस्तै, एनबी बैंकको निक्षेप ८२ अर्ब २ करोड १५ लाख १७ हजार र कर्जा लगानी ७६ अर्ब २० करोड ९३ लाख १५ हजार रूपैयाँ छ ।

हालसम्म बढी लाभांश वितरणमा नबिल बैंक पहिलो बन्दै गएको छ । नबिल बैंकले एनबी बैंकलाई गाभेर अझै पनि आफ्नो स्थान सुरक्षित बनाउने रणनीति छ ।

नबिल बैंकमा एनबी बैंक गाभिएपछिको बैंकको प्रमुख कार्यकारी अधिृकत (सीईओ) ज्ञानेन्द्र ढुङ्गाना बन्ने भएका छन् । उनले आगामी असार १७ गतेबाट लागू हुने गरी सीईओको कार्यभार सम्हाल्ने छन् । त्यस्तै, सो बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा चार जना रहेनछन् । जसमा एनबी बैंकका कार्यवाहक सीईओ भुपेन्द्र पाण्डे, नबिल बैंकका सुजितकुमार शाक्य, विनयकुमार रेग्मी र मनोज ज्ञवाली हुनेछन् ।

प्रकाशित मिति : असार १५, २०७९ बुधबार  ३ : २३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।