Logo

प्रमुख समाचार

भारतमा भेटिएका करोडपति भिखारी



आज हामी कुनै एक भिखारीको रोचक घट्नाबाट आजको शृङ्खला सुरु गर्नेछौँ ।

तपाईंले कहिल्यै सोच्नुभएको छ ? सडकको छेउछाउमा माग्न बस्ने भिखारीसँग कति रकम हुन्छ ? भिखारीसँग कति रकम हुन्छ भन्ने बारे यो खबर सुन्दा तपाईं अचम्म लाग्न सक्छ । एक भिखारीले आफ्नो बैंक खाताबाट यति धेरै रकम निकालेका छन् कि जसका कारण बैंक नै खाली भएको छ । एक भिखारीको खातामा ६.३७ करोड भारतीय रुपैयाँ भएको खुलासा भएको छ । यस्तो खबर बाहिरिएपछि अहिले उक्त भिखारीको संसारभर चर्चा भैरहेको छ । यो घटना लेबनानको सीदोन शहरको हो । यहाँ एक प्रसिद्ध अस्पतालको छेउमा वाफा मोहम्मद नाम भएकी महिला दिनभर भिख माग्छिन् । विगत दश वर्ष अघिदेखि उनले भिख मागेरै जिवन गुजारा गरिरहेकी छिन् ।

उनले आफ्नो पैसाको एक बैंकबाट अर्को बैंकमा ट्रान्सफर गर्न गएकी थिइन् ।

हामी भिखारी भनेर हेपाहा नजरले उनीहहरु माथि हेर्ने गर्दछौँ । तर भित्री कुरालाई हेर्ने हो भने उनीहरुले हिँडेको बाटो हामीले सोचेभन्दा अलि फरक छ । यहाँ सबै समान भएर बाँच्न सक्दैनन् । वर्गको वर्गीकरण त जहाँ सुकै पनि छ । नेपालकै सन्दर्भमा हेर्ने हो भने हरेक कुरामा वर्ग भन्दै उफ्रिरहेको जमात हामीले दिनहुँ समाचारमा , सडकमा वा सामाजिक सञ्जालमा नदेखेको भने होइन् ।

भिखारीको युनियन , भिखारीको चुनावको विषय बनेर प्राय सँधै सामाजिक सञ्जालमा ट्रोल बनिरहेका छन् । संसारमा कति ठाउँमा सायद यस्तै पनि होला जहाँ हामी समाचारको पखाईमा अन्जान छौँ ।

सडकमा देखिने भिखारी सबै भिखारीले एउटै जिन्दगी बाँचेका छन् त ? ती सबैको खानाको स्वाद एउटै छ ? कतिलाई कुन तहको चिसोले हरेक जाडोमा पिरोल्छ ? माथिको उदारणमा जस्तै नेपालमा पनि लाखौँ करोडौँ भएका भिखारी छन् त ? हामी सबैलाई लाग्ने वा हाम्रो मनमा आउने प्रश्न सामान्यता नै हो ।

हामीले सडकमा देखेका सबै भिखारीको जीवन एउटै छैन । उनीहरुको माझमा पनि को ठूलो को सानो भन्ने द्धन्दको माझ उनीहरु उभिएका छन् । आफ्नो क्षेत्र निर्धारण गरेका छन् । हामीले जुनै सडकमा देखेको माग्नेको आफ्नै क्षेत्रमा सीमित रहेर माग्ने देखिन्छ । चाहे त्यो पशुपति क्षेत्र होस् , चाहे सङ्कटा क्षेत्र वा रत्नपार्क छेउछाउमा देखिने ती भिखारीहरु । हामी सबैले सडकमा देख्ने भिखारी आ आफ्नो उमेरका छन् । बालक देखि वृद्धसम्म र सबलदेखी अपाङ्गसम्म । आज हामी उनीहरुकै कथामा छलफल गनेछौँ ।

बालबालिका

अघिल्लो शृङ्खलामा हामीले बालबालिका कसरी माग्छन् भन्ने कुरामाथि छलफल गयौँ । तर सडकमा मागिरहेका उनीहरुमाथि हाम्रो सामान्य सोचले हेर्ने नजर भने अलि बेग्लै नै छ । उनीहरु विद्यालय नै नगएर किन मागिरहेका छन ? हामीले सडकमा धेरैभन्दा धेरै माग्न बसेका बालकालिका देखेका छौँ । घरको अवस्था देखेर उनीहरु नै सडकमा आएको पनि हुन सक्छ वा परिवारले नै यो पेशामा उत्प्रेरित गरिरहेका छन् भन्ने प्रश्न आउनु् स्वाभाविक नै हो । तर मुख्य समस्या यहाँ छ कि उनीहरु प्राय जसो त नेपाली भाषा नै बोल्दैनन् र बुझ्दैनन् पनि । दिनभर मागेको पैसा उनीहरुले कहाँ पुर्याउँछन् । यो खोज्नु आवश्यक छ । किनकि जति नै मागे पनि उनीहरुको शरीरमा कपडाको स्तरले रक उनीहरुसँग हुँदैन भन्नेकुरा बुझाएको देखिन्छ ।

साधुसन्त

हामीले मन्दिरको वरपर लामो दाह्रीकपाल पालेका साधुसन्त देखेका छौँ । खासमा हामीले उनीहरुलाई सोचेकोभन्दा केही फरक भने पक्कै हुन्छन् । किनकि मन्दिरमा भेटिएका सबै साधुसन्त असाहय र दीन दुःखी मात्र हुँदैनन् । सम्पनन परिवारका व्यक्ति पनि संसारबाट बैरागिएर , लोभ माया मोहबाट मुक्तिको लागि सन्यास ग्रहण गरेका हुन्छन् र भीखबाट नै आफ्नो जीविका चलाइरहेको पाइन्छ । विभिन्न समयमा आउने ट्रोलमा साधुसन्त पनि पर्ने गर्छन उनीहरुले बोकेको महंगा फोन वा ल्यापटपको कारणले उनीहरु ट्रोलका शिकार बन्ने गर्छन । उनीहरुको जीवनशैली देख्दा शौखिन भिखारी हुन् कि भन्ने भान हुन्छ ।

गीत गाउने कलाकार

उनीहरु गीत गाएर नै आफ्नो जीवन चलाइरहेका छन् । हुन त उनीहरुले मागेको सहयोग नै हो वा भनौ भीख नै हो तर आफ्नो कला मात्र बेचेका हुन यिनीहरुले भीख मागेका होइनन् भन्ने पनि एक वर्ग यही समाजमा रहेको छ । उनीहरु सामान्य जीवन शैलीभन्दा अलि माथि रहेर बस्ने गर्दछन् । उनीहरु सडकलाई नै घर आकाशलाई नै छानो भने बनाउँदैनन् । अधिकांस सडकमा गीत गाउनेको परिवार छ उनीहरु परिवारकै साथमा बच्चाहरुसँग बस्ने गर्दछन् समग्र रुपमा हेर्ने हो भने अन्यको भन्दा उनीहरुको जीवनशैली अलिक राम्रो देखिन्छ ।

अपाङ्गहरु

हामीले सडकमा देखिरहेको भिखारीहरुमा अपाङ्ग रहेका व्यक्ति पनि अत्याधिक नै हुने गरेका छन् । काम गर्न नसकेपछि भीखको भरमा उनीहरुको जीवन चलिरहेको छ । तर उनीहरुको जीवन भने अलि कष्टकर नै रहेको देखिन्छ । सडकतिर हामीले याद गयौँ भने हिँड्न नै नसक्ने माग्नेहरु पनि पनि देख्छौँ । तर हामीले कहिल्यै पनि सोचेका छैनौ कि उनीहरुलाई कसले ल्यायो कसले रात परेपपछि कहाँ लैजान्छ ।

यो बारेमा आवश्यक निकायले सोच्नु जरुरी छ । हामीले कहिलेकाहीँ याद गरेका छौँ भने थाहा हुनुपर्छ कि सडकमा मागन बसेकोहरुसँग कचौरा हुन्छ । र त्यो कचौरा रहेको पैसा समय समयमा आएर कसैले उठाएर लैजान्छ । तर किन र कहाँ यो मुख्य प्रश्न रहेको छ । यसरी अशक्तहरुलाई प्रयोग गरेर व्यापार नै त भइरहेको छैन भन्ने कुरामा खुल्दुली रहनु सामान्य कुरा रहेको छ ।

अन्त्यमा ,

सडकका माग्नेहरु आ आफ्नो जीवन शैलीमा छन् । उनीहरुलाई भोकको चिन्ता छ । पेट भर्नुको चिन्ता छ । यही चिन्ताको बीचमा रहेर पनि उनीहरुले आफ्नै शैली अपनाएका छन् कोही सौखिन छन् त कोही बाँच्न नै मुश्किल रहेका व्यक्ति रहेका छन् । यही अवस्थामा रहेर हेर्ने हो भने पनि हामीले देख्ने सडकका देख्न जीवनहरुको अवस्था एकदमै नाजुक नै रहेको छ ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार ११:४३   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।