मलाई बाइकमा चड्न असाध्यै डर लाग्छ । सायद, म बाइक दुर्घटनामा परेको भएर हो कि ? नयाँ वर्ष २०७८ वैशाख १ गते म र एक जना दाइ, ओरालो सडकमा बाइक चलाउँदै हामी अछामको ठुलासेनबाट मंगलसेन जाँदै थियौँ । खड्क दाइले भन्नुभयो “भाइ अब मलाई यस्तै बाइक किनेर धेरै ठाउँमा घुम्ने रहर छ” भन्दै कुरा गर्दै बाईक चलाउँदै हुनुहुन्थ्यो बाइक कसरी चिप्लिए छ पत्तै भएन ।
त्यो दिन अछामको ठुलासैनमा म र साथी जनक घुम्न गएको थियौँ । बिहान जाँदा पैदल यात्रा गर्दै, गफ गर्दै अनि फोटोहरु खिच्दै हामी हिँडेर ठुलासैनको डाँडामा पुग्यौँ । मलाई खडक बिष्ट दाइले फोन गरेर “तिमीलाई मैले देखेँ तिमिले मलाई देखेनौँ ?” भनेर फोन गर्दै आफू भएको ठाउँ बोलाउनु भयो ।
अनि म उहाँ बसेको रेस्टुरेन्टमा पुगेँ । अनि त्यहाँ खडक बिष्ट दाई, कपिल खत्री अनि म गफगाफ गर्दै रमाइलो गर्दै प्रकाश भण्डारी दाइको रेस्टुरेन्टमा बसिराखेका थियौं । अनि मलाई नास्ता गर भाइ भन्नुभयो, हामी सङ्गै बसेर चिया नास्ता र गफ गर्न थाल्यौं । गफ गर्दा गर्दै समय गएको थाहा नै भएन । समय साँझको पाँच बजिसकेको थियो । ठुलासैनको डाँडाबाट तल मंगलसैन झर्नुपर्ने छ ।
हामी तीन जना थियौं बाइक एक थियो साथी जनक र उहाँको साथी पैला नै त्यहाँबाट निस्किसकेका थिए । हामी तीन जना बाइकमा हुँदैन एक जना हिनेर जानू पर्छ भन्नु भयो । मैले दाइको कुरा काट्न नसकेर बाइकमा चढँे । कपिल खत्री पछाडि फोन गर्दै बिस्तारै आउँदै हुनुहुन्थ्यो । ठुलासैनबाट हिँडेको हामी चिप्लो सडक थियो, अचानक बिच सडकमा बाइकको ब्रेक नलागेर डिस लागे छ । डिस लाग्न साथ म सडकमा खसँे अनि मेरो अनुहारमा पुरै घाउ लाग्यो म बेहोस भएको रहेछु, खडक बिष्ट दाइको अनुहारमा चस्माले काटियो, आँखा धन्न बच्यो त्यही माथि खुट्टा नि बच्यो दाइको खुट्टाको घँुडानेर ठूलो घाउ लागेको थियो ।
अनि मसँग कलेज पढ्ने झरना भण्डारीले र कल्पना ढुङ्गानाले देख्नुभयो । बाइक दुर्घटनामा परेको बेला झरना पानी लिन धारा जाँदै हुनुहुन्थ्यो र कल्पना मंगलसैन त्यो बेला शनिबारको दिन थियो । बाइक दुर्घटना परेको देखेर तत्काल उहाँ हामी कहाँ आई पुग्नु भयो ।
एक अटोमा राखेर जिल्ला अस्पतालमा हामी लाई पुर्याउनुभो अनि हामी अस्पताल पुग्ना साथ डाक्टरले ड्रेसिङ् गरे अनि खडक दाइको खुट्टामा अल्लि गहिरो घाउ लागेको थियो । डाक्टरले हामी दुई जनाको अस्पतालमा पाँच दिन अस्पतालमा भर्ना गर्नुभयो ।
खडक दाइको अनुहारको घाउ पाँच दिन सम्म सन्चो भैसकेको थियो तर खुट्टाको घुँडामा ठूलो घाउ थियो । उहाँको घुडाको घाउ सन्चो नभएर फेरि थप पाँच दिन अस्पतालमै बस्नु पर्ने डाक्टरले भने । म अस्पताल उपचारमा बसेको पाँच दिनमा मलाई तिमीलाई सन्चो भैसकेको छ, घर जाँदा हुन्छ भनेर डाक्टरले भन्नुभयो । म अस्पतालबाट आफ्नो कोठामा आए त्यति खेर चैते दशै थियो । मैले घर जानू थियो म पछिल्लो दिन घर तिर लागँे ।
मलाई बाइक चड्नदेखि डर लाग्ने आज भोलि सहरका सडक अनि यहाँका गाडी देखेर मलाई पनि बाइक चढ्ने रहर पलाएको छ । सायद यदि सो दुर्घटनामा हामीलाई केही भएको भए आज हामी सायद अर्कै लोकमा हुने थियौँ । जे होस भगवान् दाहिने भएर हामीलाई बचाउनु भयो । अनि हामीहरु जिल्ला अस्पताल हुदाको बसाइँमा भेट्न धेरै जना आउनु भयो । हामीलाई त्यो कहिले पनि एक्लोपनको महसुस भएन । त्यस पछि हामीहरुले अछाम छोड्ने निधो गरँे र आजकल हामी काठमाडौँ स्थित अनामनगरमा कोठा लिएर बसेका छौँ । तर त्यो दिनको याद जिन्दगीमा कहिले नबिर्सिने गरि मानपटलमा छाइरहन्छ ।















प्रतिक्रिया