वि.सं. २००७ सालमा देशमा प्रजातन्त्रको स्थापना सँगै निजामती कर्मचारीको नियुक्ति छुट्टै र स्वतन्त्र निकायबाट गर्ने उद्देश्यले वि.सं. २००८ साल असार १ – (तदनुसार १५ जुन १९५१ इ.स.) गते लोक सेवा आयोगको स्थापना भएको हो । यस आयोगले निजामती सेवाका पदमा उपयुक्त उम्मेदवार छनौट गर्ने कार्य गर्दछ ।
नेपाल अधिराज्यको संविधान, २०४७ ले पनि लोक सेवा आयोगलाई एक स्वतन्त्र संवैधानिक निकायको रूपमा स्विकारेको छ । सोही संविधानको धारा १०१ ले आयोगका एक अध्यक्ष र आवश्यकता अनुसार अन्य सदस्यहरू रहने गरी लोक सेवा आयोगको गठन हुने व्यवस्था गरेको छ । आयोगका अध्यक्ष र सदस्यहरू ६ वर्षका लागि नियुक्ति गरिने व्यवस्था संविधानमा नै व्यवस्था गरिएको छ । आयागे का अध्यक्ष तथा सदस्यहरूलाई सर्वोच्च अदालतको न्यायाधीश सरह समान आधारमा र समान तरिकाले आफ्नो पदबाट हटाउन सकिन्छ ।
आजको लागि प्रश्नको उत्तर यसप्रकार रहेका छन् ।
१. सबैभन्दा धेरै नगरपालिका भएको जिल्ला कुन हो ?
उत्तर– रौतहट (१६ वटा)
२. भृकुटी कागज कारखाना कहिलेदेखि बन्द भएको हो ?
उत्तर– वि.सं. २०६७
– वि.सं. २०३७ देखि सञ्चालित सरकारी स्वामित्वको यो कारखाना २०४८ सालमा गोल्छा अर्गनाइजेसनलाई ३० करोड ९८ लाख रुपियाँमा बिक्री गरिएको थियो ।
– यो कारखाना करिब ५६ बिघा क्षेत्रफलमा फैलिएको छ ।
३. विश्वकप फुटबल–२०२२ को सञ्चालन अवधि कुन हो ?
उत्तर– सन् २०२२ नोभेम्बर २१ देखि डिसेम्बर १८ (आयोजक ः कतार)
– यस प्रतियोगितामा विभिन्न महादेशबाट छनोट हुन सफल ३२ राष्ट्र ः
– एसिया तथा अस्ट्रेलिया महादेश ; आयोजक कतार, साउदी अरब, जापान, दक्षिण कोरिया, इरान र अस्ट्रेलिया,
– युरोप ः जर्मनी, डेनमार्क, फ्रान्स, बेल्जियम, नेदरल्यान्ड्स, क्रोएसिया, स्पेन, सर्बिया, इङ्ग्ल्यान्ड, स्विट्जरल्यान्ड, पोर्चुगल, पोल्यान्ड, वेल्स ।
– उत्तर तथा मध्य–अमेरिका ः क्यानडा, अमेरिका, मेक्सिको र कोस्टारिका ।
– दक्षिण अमेरिका ःब्राजिल, अर्जेन्टिना, उरुग्वे र इक्वेडर । यस पटक दक्षिण अमेरिकी क्षेत्रबाट कोलम्बिया, पेरु र चिली विश्वकपमा छनोट हुन नसकेका ।
– अफ्रिका ःघाना, सेनेगल, ट्युनिसिया, मोरक्को र क्यामरुन ।
४. हाल अतिकम विकसित राष्ट्र सबैभन्दा बढी कुन महादेशमा रहेका छन् ?
उत्तर– अफ्रिका
५. व्यापार तथा निकासी प्रवद्र्धन विकास समितिको अध्यक्ष को हुने व्यवस्था छ ?
उत्तर– वाणिज्यमन्त्री वा राज्यमन्त्री
६. अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)ले कुन ग्रहको एउटा पर्वतको नाम सगरमाथामा पहिलो पाइला राख्ने नेपाली आरोही तेन्जिङ नोर्गेको नाममा ‘नोर्गे मोन्टस’ राखेको छ ?
उत्तर– प्लुटो
७. भ्रष्टाचार निवारणका सम्बन्धमा प्रधानमन्त्री जङ्गबहादुर राणाको पालामा स्थापित अड्डाको नाम के हो ?
उत्तर– धर्म कचहरी
८. नेपालमा दिगो आर्थिक विकास र मजबुत ग्रामीण अर्थतन्त्रद्वारा गरिबी निवारण गर्ने बलियो आधार केलाई मानिएको छ ?
उत्तर– कृषि
९. नेपालमा सन् २०३० सम्ममा कुपोषणको दर कति प्रतिशतमा झार्ने लक्ष्य लिइएको छ ?
उत्तर– १४ प्रतिशत
– कुपोषणलाई सन् २०२५ सम्म २४ प्रतिशतमा र सन् २०३० सम्म १४ प्रतिशतमा झार्ने लक्ष्य राखिएको । नेपालका बालबालिकामा यो दर घट्दो क्रममा रहको । सन् २००१ मा ५७ प्रतिशतमा रहेको कुपोषण सन् २०१६ मा ३६ प्रतिशतमा झरेको ।
– नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०१६ अनुसार पाँच वर्षमुनिका बालबालिकामध्ये ३६ प्रतिशतमा पुड्कोपन, २७ प्रतिशतमा कम तौल र १० प्रतिशतमा ख्याउटेपन रहेको ।
– पाँच वर्षमुनिका बालबालिकाको अधिक तौल १.२ प्रतिशत, प्रजनन उमेरका महिलामा दुब्लोपन १७ प्रतिशत रहेको ।
– राष्ट्रिय सूक्ष्म पोषकतìव सर्वेक्षण २०१६ अनुसार नेपालका ३२ प्रतिशत किशोर किशोरीमा भोकमरीको जोखिमका कारण पुड्कोपन देखिएको । त्यस्तै २३ प्रतिशत किशोर र १४ प्रतिशत किशोरीमा दुब्लोपन देखिएको ।
– कुपोषणको समस्या समाधान गर्न सन् २०१३ देखि पाँचवर्षे बहुक्षेत्रीय पोषण योजना कार्यान्वयनमा ल्याइएको ।
– पहिलो योजना सम्पन्न भएपछि अहिले दोस्रो चरणको पाँचवर्षे (२०१८–२०२२) योजना कार्यान्वयन भएको ।
१०. क्लोरिन ग्यासको खोजकर्ता को हुन् ?
उत्तर– कार्ल–विलहेल्म शिले (सन् १७७४)
– (हरित पहेँलो रङ मिश्रित यो ग्यास औद्योगिक क्षेत्रमा प्रयोग हुन्छ साथै विषालु ग्यास हतियार बनाउनसमेत प्रयोग गरिन्छ ।)
११. प्रसिद्ध गोकर्णेश्वर महादेव मन्दिर कहाँ रहेको छ ?
उत्तर– काठमाडौँ
– (पितृतीर्थका रूपमा समेत प्रख्यात गोकर्णेश्वर महादेव मन्दिर काठमाडौँदेखि करिब १० किलोमिटर उत्तर–पूर्व बागमती नदी किनारमा रहेको ।)
१२. सरकारले नेपाल स्वच्छ वातावरण महाअभियान घोषणा कहिले गरेको हो ?
उत्तर– वि.सं. २०७५ असार २२
१३. कुन राष्ट्रले विश्वको पहिलो ‘स्वच्छ वाणिज्य आणविक रिएक्टर’ बनाउन लागेको हो ?
उत्तर– चीन
१४. भारतीय प्रिमियर लिग (आईपीएल)को १५औँ संस्करणको उपाधि कसले जित्यो ?
उत्तर– गुजरात टाइटन्स
– राजस्थान रोयल्सलाई हराएर गुजराजले डेब्युमै उपाधि हात पार्न सफल भएको ।
– उपाधिसँगै हार्दिक पाण्डेको नेतृत्वमा रहेको टोली गुजरातले २० करोड भा.रु. पुरस्कार प्राप्त गरेको । त्यस्तै उपविजेता बनेको राजस्थानले १२.५ करोड भा.रु. हात पारेको । तेस्रो स्थानमा रहेको रोयल च्यालेन्जर्स
बैङ्गलोरले सात करोड भा.रु. पुरस्कार प्राप्त गरेको ।
– लखनउ सुपर जायन्टस्ले चौथो हुँदै ६.५ करोड भा.रु. प्राप्त गरेको ।
– राजस्थान रोयल्सका जोसवटलरले छ विधामा उत्कृष्ट हुँदै धेरै पुरस्कार रकम हात पारेका ।
– फाइनलमा टोलीलाई जित दिलाउन प्रमुख भूमिका निर्वाह गरेका हार्दिक पाण्डेले फाइनलको प्लेयर अफ द म्याच घोषित हुँदै पाँच लाख भा.रु. प्राप्त गरेका ।
१५. यस वर्षको इच्छुक स्मृति पुरस्कार–२०७८ कसलाई प्रदान गरियो ?
उत्तर– प्रगतिवादी धाराका साहित्यकार रविकिरण निर्जीव र यज्ञबहादुर डाँगी (संयुक्त रूपमा)
– पुरस्कारको राशि रु. एक लाख रहेको ।
– यस वर्षको साहित्यतर्फको इच्छुक प्रतिभा पुरस्कार–२०७८ काजीबाबु श्रेष्ठ (काजी गाउँले) र कविता पुन मगरलाई प्रदान गरिएको ।
– जनयुद्धका क्रममा सहादत प्राप्त गरेका प्रगतिवादी धाराका साहित्यकार कृष्ण सेन इच्छुकको नाममा पुरस्कार स्थापना गरिएको ।
– यो पुरस्कार इच्छुक सांस्कृतिक प्रतिष्ठानले हरेक वर्ष प्रगतिवादी साहित्य र कला क्षेत्रका साहित्यकार तथा कलाकर्मी एवं प्रतिभालाई प्रदान गर्दै आएको ।















प्रतिक्रिया