Logo

कोशी प्रदेश

म चड्ने गाडी बेचेर सडकका खाल्डा टाल्न रोलर किन्छु : हर्क साम्पाङ



धरान । धरान उपमहानगरपालिकाले मेयर हर्क साम्पाङ चढ्न किनेको गाडी बिक्री गर्ने निर्णय गरेको छ । मेयरका लागि भनेर उपमहानगरपालिकाले यसअघि किनेको गाडी बेचेर सडकका खाल्डा टाल्न रोलर किन्न लागिएको उनले सामाजिक सञ्जाल फेसबुक मार्फत जनाएका हुन् ।

मेयरलाई चढ्न भनेर स्कर्पियो गाडी किनिएको थियो । तर, उनी सरकारी गाडी चढ्दैनन् । मेयर निर्वाचित भएपनि साम्पाङ प्रायजसो आफ्नो मोटरसाइकल प्रयोग गर्छन् । धरान बाहिर जानुपरे मात्रै सरकारी गाडी चढ्ने गरेका छन् । गाडी बेचेर रोलर किन्ने उनको प्रस्तावलाई बिहीबार बसेको कार्यपालिका बैठकले ताली बजाएर अनुमोदन गरेको छ ।

उनले फेसबुकमा लेखेका छन्, ‘मेयरलाई भनेर किनिएको स्कोर्पियो गाडी बेचेर धरानको बाटो भरिका खाल्डा टाल्न रोलर मेसिन किन्ने बिचार छ मेरो । आज कार्यपालिकाले ताली बजाएर अनुमोदन समेत गरिदेको छ ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार ११:४३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।