प्रधानमन्त्री केपी शर्मा ओलीले रोग र भोकले जनताले ज्यान गुमाउनु नपरोस् भनेर सरकारले काम गरिरहेको बताएका छन्।एनआरएनको विश्व ज्ञान सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपाल सरकार दुईवटै पक्षबाट जनताको जीवनरक्षाका निम्ति प्रयासरत रहेको बताए।
‘रोग र भोकले नेपालीले ज्यान गुमाउनु नपरोस् भनेर, जनताको जीवन सुरक्षित गर्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो भनेर मैले सुरु देखि नै अभिव्यक्ति दिँदै आएको छु’, प्रधानमन्त्रीले भने, ‘त्यसका निम्ति मेरो नेतृत्वको सरकारले पूर्ण रुपमा प्रयास पनि गरेको छ।’
प्रधानमन्त्री ओलीले नेपाल सरकारको अहिलेको प्रमुख काम कोभिड नियन्त्रण गर्नु भएको बताए । अझै प्रभावकारी ढंगले प्रयासहरुलाई अघि बढाएर हामी केही समयभित्रै यसलाई न्यूनीकरण गर्ने र पूर्ण रुपमा नियन्त्रण गर्ने प्रयासमा आफूलाई केन्द्रित गरेका छौँ’, उनले भने।
प्रतिक्रिया